२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाका प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

१८ चैत्र २०७३, शुक्रबार ०८:४८

चैत १८, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् । 

क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् । 

क्याम्पसका क्याम्पसप्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलबबापत करिब रु १३ लाख दिन बाँकि रहेको हुँदा तत्काल सो रकम नभएका कारण प्राध्यापक र कर्मचारीले काम रोकेको बताउनुभयो । क्याम्पसमा पढाइ रोकिँदा एकसय ५० भन्दा बढी विद्यार्थी मर्कामा परेका छन् । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टङ्क अधिकारीले क्याम्पसको आन्तरिक आयस्रोत कम भएको हुँदा सो समस्या आइपरेको बताए । मधुवन नगरपालिकाले बजेटको निकासा गरेर सहयोग गर्ने वचन दिए तापनि सहयोग नआएको अधिकारीले बताउनुभयो । 

बिहीबार क्याम्पस व्यवस्थापन समितिसँग भएको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएका कारण पनि पढाइ अवरुद्ध हुने निश्चित भएको छ । नगरपालिकाबाट क्याम्पसको भौतिक संरचना निर्माणका लागि बजेट निकासा ढिलो भएका कारण कोषमा रहेको रकम क्याम्पसले भौतिक निर्माण तथा पुस्तकालयमा खर्च गरेका कारण पनि सो समस्या आएको बताइएको छ । क्याम्पस त्रिविको सम्बन्धन प्राप्त क्याम्पस हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की