२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

कृषि क्रान्तिमा स्नातकगरेका रोल्पाली युवा, पाए पनि जागिर नखाने

२०७३, १८ चैत्र शुक्रबार ०८:५१

कविता उपाध्याय/चैत १८, रोल्पा । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनुभएको छ । 

“पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उहाँले भन्नुभयो । 

वलीले चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी करिब चारसय ५० बोट कागती खेती र दुई सय ६० बोट अनार खेती गर्दै आउनुभएको छ भने मौरीपालन ब्यवसायमा पनि उहाँ जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । “पहिलो वर्ष भएको हुँदा गत वर्ष कागतीबाट करिब रु २० हजार मात्र आम्दानी भयो । यस वर्ष फूल खेल्दैछ फल लाग्ने क्रम जारी छ । 

“प्रत्येक वर्ष यसरी नै बिरुवा थप्दै गएर कागती खेतीबाट वार्षिक रु १० लाख कमाउने सोच छ”, उहाँले भन्नुभयो । बाउबाजेको पालादेखि २० देखि ३५ घार मुढे मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएको भएपनि मौरीपालन व्यवसाय निर्वाहमुखी मात्र बनेको थियो तर यस वर्षदेखि सञ्चालन गरेको आधुनिक मौरीपालन व्यवसायबाट मात्र मासिक रु २० हजार देखि ३० हजार आम्दानी भयो । 

त्यसैले अब नयाँ प्रविधिको विकाससँगै नयाँ ज्ञान, नयाँ सोच र नयाँ चिन्तनबाट व्यवसाय सञ्चालन गरे उपलब्धिमूलक बन्ने उहाँको आशा छ । त्यसैले आफ्नो ब्यवसायलाई आधुनिकीकरण गर्दैै जाने उहाँले बताउनुभयो । 

नेपालमा नपढेका मान्छेले मात्र कृषि व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता छ । यसलाई चिर्दै जिल्लामा कृषि क्रान्ति गर्ने रहर बढेपछि उहाँले जागिर नखाने निधो गर्नुभएको हो । जागिर खानकै लागि पढ्नुपर्छ भन्ने मान्यतालाई उहाँ हिजोआज स्वीकार्नुहुन्न । “आजको युगमा हरेक काम सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा अपरिहार्य भएको हुँदा छोराछोरीलाई पनि सके जति पढाउँछु र जागिरकै कारण बीचमा रोकिएको आफ्नो पढाइलाई पनि निरन्तरता दिन्छु”, उहाँले भन्नुभयो । 

वलीले २१ वर्षको उमेरदेखि नै जागिरको अनुभव गर्नुभएको हो । २०६७ सालमा हरियाली प्रावि रोल्पामा अध्यापन गरेसँगै जागिरमा प्रवेश गरेका वलीले २०६९ सालदेखि ग्रामीण विकास तथा चेतना समाज (रुडास), रोल्पामार्फत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)मा करिब आठ महिना सामाजिक परिचालकका रुपमा काम गर्नुभयो । त्यसपछि पनि जागिरकै सिलसिलामा जिविस रोल्पाद्वारा सञ्चालित पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनामा करिब चार वर्ष सामाजिक परिचालकका रुपमा काम गरिसक्नुभएको छ । 

कार्यक्रमको अवधि सकिएपछि केही महिनाअघि उहाँ जागिरबाट बाहिरिन बाध्य हुनुभएको हो । जागिर खाँदा सीमित आम्दानी हुने र परनिर्भर बन्नुपर्ने बाध्यता भएपछि जागिर खाने सोचमा परिवर्तन आएको उहाँले बताउनुभयो । संयुक्त परिवारमा रहेका वलीका भाइ भने वैदेशिक रोजगारीका लागि कोरिया पुग्नुभएको छ । उहाँ कोरियाबाट फर्किएपछि दुई दाजुभाइ नै कृषि क्षेत्रमा रमाउने उहाँको सोच छ । “छोराछोरी विद्यालय जान्छन् । घरको काम सकेर फुर्सदको समयमा श्रीमती र आमाले पालैपालो सघाउनु हुन्छ”, उहाँले भन्नुभयो । 

बोटबिरुवामा मल हाल्ने, गोड्ने, फल टिप्ने, मौरीको रेखदेख तथा संरक्षणमा परिवारको साथ भएपछि उहाँलाई यस क्षेत्रमा अझ उत्साह बढेको छ, तर मह काढ्न भने सबैले नजान्ने भएको हुँदा आफँैले मह काढ्दै आएको बताउनुभयो । यसरी कृषि क्षेत्रमा आबद्ध भएपछि जिल्ला कृषि विकास कार्यालय रोल्पाले मागमा आधारित कार्यक्रमअन्तर्गत ३६ हजार अनुदान र प्लास्टिक सिँचाइ पोखरी निर्माणका लागि ३० हजार सहयोग गरेको भएपनि अन्य सम्पूर्ण लगानी आफँैले लगाउँदै आएको वलीले जानकारी दिनुभयो । 

जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यावसायिक रुपमा कृषि क्षेत्रमा आबद्ध किसानलाई सहयोग गर्ने परियोजना भएको हुँदा तन, मन, वचन र कर्मले कृषि क्षेत्रमा लाग्ने जो सुकै किसानको समस्या पहिचान गरी आवश्यक सहयोग गर्न सकिन्छ । तर त्यसका लागि सम्बन्धित किसान कार्यालयको सम्पर्कमा आउनुपर्ने हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ