२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विपन्नलाई निशुल्क औषधी उपचार दिदै उपक्षेत्रिय अस्पताल

१ पुष २०७२, बुधबार १०:४९

धुर्ब बिष्ट, पुष १, डडेल्धुरा / उपक्षेत्रिय अस्पताल डडेल्धुरावाट दुई महिनामा २ सय २२ जना विरामीले निशुल्क उपचार सेवा पाएका छन् । कात्तिक र मंसीर महिनामा २ सय २२ जना विपन्न, अपांग, जेष्ठ नागरीकले उप क्षेत्रिय अस्पताल डडेल्धुरावाट निशुल्क सेवा पाएका हुन् । उप क्षेत्रिय अस्पतालवाट दिईने एक्सरे, भिडियो एक्सरे, ईसिजि, दन्त सेवा, ल्याव परिक्षण लगायत औषधी समेत निशुल्क दिईएको उप क्षेत्रिय अस्पताल डडेल्धुराका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिहले जानकारी दिनु भयो ।

नेपाल सरकारवाट पाईने ७१ प्रकारको निशुल्क औषधी वाहेक वाहिरवाट खरीद गर्नु पर्ने औषधी समेत खरीद गरेर जेष्ठ, अपांग, अति विपन्न लाई दिइएको अध्यक्ष सिहले वताउनु भयो । ‘नेपाल सरकारले दिने गरेको ७१ प्रकारको औषधीले मात्रै नहुँने भएपछि निश्चित मापदण्ड भित्र पर्ने विरामीहरुलाई खरीद गरेर समेत औषधी दिईने गरेको छ ।’–अध्यक्ष सिहले रेडिायो अमरगढीलाई जानकारी गराउनु भएको छ ।

पन्न,असाहय,अपाङ्ग विरामी स्वास्थ्य सेवा वाट वञ्चित हुन सक्ने भएकाले उप क्षेत्रिय अस्पताल डडेल्धुराले निशुल्क उपचार सेवा शुरु गरेको भएपनि निशुल्क औषधी खरीदमा वढी रकम खर्च भएकाले अव देखी चेकजाँच सम्पुर्ण निशुल्क गरीने भएपनि नेपाल सरकारले दिने निशुल्क औषधी वाहेक अन्य औषधी विरामी स्वयमंले खरीद गर्नु पर्ने समेत अस्पतालले वताएको छ ।

यसैबिच अस्पतालमा भर्ना भई उपचार गर्ने विरामीलाई निशुल्क औषधी दिईने जनाइएको छ । यसैगरी सुत्केरी महिलालाई समेत निशुल्क उपचार गरीदै आएको छ । उप क्षेत्रिय अस्पताल डडेल्धुरामा सुरक्षित गर्भपनको सेवा समेत दिईदै आएको छ । उप क्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गराउनका लागि दैनिक ५० देखी १ सय भन्दा वढी विरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह