चैत १९, दार्चुला । दार्चुलालाई शुक्रबार सुदूरपश्चिमको छैटौ तथा देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । 

स्थानीय स्वामित्व र सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १९, दार्चुला । दार्चुलालाई शुक्रबार सुदूरपश्चिमको छैटौ तथा देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । 

स्थानीय स्वामित्व र सह"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला देशकै २४औं पूर्ण खोपयुक्त जिल्ला घोषणा

१९ चैत्र २०७३, शनिबार ०३:३६


चैत १९, दार्चुला । दार्चुलालाई शुक्रबार सुदूरपश्चिमको छैटौ तथा देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । 

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ घोषणा गरिएको हो । पूर्ण खोपयुक्त घोषणाको लागि आवश्यक सूचक पूरा गरेपछि एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका निमित्त स्थानीय विकास अधिकारी मदनराज जोशीले जिल्ला पूर्ण खोपयुक्त भएको घोषणा गरेका हुन् । 

२०७१ साल बैसाख २० गते साबिकको हिकिला गाबिसलाइ पुर्ण खोपयुक्त गाबिस घोषणा गरेर सुरु भएको पूर्ण खोपयुक्त गाविस घोषणा अभियाने २०७३ साल माघ २० गते साबिकको घौलाकोट गाबिसमा पुगेर जिल्लाभरीका गाबिसहरु पूर्ण खापेयुक्त घोषणा भएका थिए । भने २०७३ फागुन १० गते नगरपालीकाको काटैलाइ पुर्ण खोपयुक्त घोषणा गरेर जिल्लाभरीका सबै वडा र गाबिसहरुमा खोपको पुर्ण पहुच पुगेको घोषणा भएपछि जिल्लालाइ नै पुर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको हो ।  


दार्चुला जिल्ला भरी रहेका २३ महिनासम्मका बालबालीकाहरुले आवश्यक खोपहरु पाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ । दार्चुला जिल्लाभरीका जन्मेदेखी १ बर्ष उमेर समुहका कुल ३ हजार ९५ बालबालीकालाइ खोप दिने लक्ष्य राखीएकोमा २ हजार ९ सय ७४ बालबालीकाहरुले खोप पाएका छन भने १२ महिना देखी २३ महिना उमेर समुहका ३ हजार ५९ बालबालीकालाइ खोप दिने लक्ष्य राखीएको मा २५ सय ८४ बालबालीकाहरुले खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख डा. रबिरञ्जन साहले जानकारी दिनुभयो ।  

लक्ष्यभन्दा केहि कम बालबालीकाले खोप पाएको तथ्याङकमा देखीनुको कारण लक्ष्य राख्दा सम्भाबित अधिकतम बालबालीकाहरुको संख्या राखीएको र वास्तबिक बालबालीकाहरु सबैले खोप पाएर नै जिल्लालाइ पुर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको उहाको भनाइ छ । 

खुलामञ्चमा भएको कार्यक्रम अघि बजारमा र्याली निकालिएको थियो । भने विभिन्न संस्कृति सहितको छलिया नाच देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य