चैत १९, दार्चुला । दार्चुलालाई शुक्रबार सुदूरपश्चिमको छैटौ तथा देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । 

स्थानीय स्वामित्व र सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १९, दार्चुला । दार्चुलालाई शुक्रबार सुदूरपश्चिमको छैटौ तथा देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । 

स्थानीय स्वामित्व र सह"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला देशकै २४औं पूर्ण खोपयुक्त जिल्ला घोषणा


चैत १९, दार्चुला । दार्चुलालाई शुक्रबार सुदूरपश्चिमको छैटौ तथा देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । 

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ घोषणा गरिएको हो । पूर्ण खोपयुक्त घोषणाको लागि आवश्यक सूचक पूरा गरेपछि एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका निमित्त स्थानीय विकास अधिकारी मदनराज जोशीले जिल्ला पूर्ण खोपयुक्त भएको घोषणा गरेका हुन् । 

२०७१ साल बैसाख २० गते साबिकको हिकिला गाबिसलाइ पुर्ण खोपयुक्त गाबिस घोषणा गरेर सुरु भएको पूर्ण खोपयुक्त गाविस घोषणा अभियाने २०७३ साल माघ २० गते साबिकको घौलाकोट गाबिसमा पुगेर जिल्लाभरीका गाबिसहरु पूर्ण खापेयुक्त घोषणा भएका थिए । भने २०७३ फागुन १० गते नगरपालीकाको काटैलाइ पुर्ण खोपयुक्त घोषणा गरेर जिल्लाभरीका सबै वडा र गाबिसहरुमा खोपको पुर्ण पहुच पुगेको घोषणा भएपछि जिल्लालाइ नै पुर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको हो ।  

दार्चुला जिल्ला भरी रहेका २३ महिनासम्मका बालबालीकाहरुले आवश्यक खोपहरु पाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ । दार्चुला जिल्लाभरीका जन्मेदेखी १ बर्ष उमेर समुहका कुल ३ हजार ९५ बालबालीकालाइ खोप दिने लक्ष्य राखीएकोमा २ हजार ९ सय ७४ बालबालीकाहरुले खोप पाएका छन भने १२ महिना देखी २३ महिना उमेर समुहका ३ हजार ५९ बालबालीकालाइ खोप दिने लक्ष्य राखीएको मा २५ सय ८४ बालबालीकाहरुले खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख डा. रबिरञ्जन साहले जानकारी दिनुभयो ।  

लक्ष्यभन्दा केहि कम बालबालीकाले खोप पाएको तथ्याङकमा देखीनुको कारण लक्ष्य राख्दा सम्भाबित अधिकतम बालबालीकाहरुको संख्या राखीएको र वास्तबिक बालबालीकाहरु सबैले खोप पाएर नै जिल्लालाइ पुर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको उहाको भनाइ छ । 

खुलामञ्चमा भएको कार्यक्रम अघि बजारमा र्याली निकालिएको थियो । भने विभिन्न संस्कृति सहितको छलिया नाच देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई