२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित

१९ चैत्र २०७३, शनिबार ०८:५९

चैत १९, कञ्चनपुर । गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् । 

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सामाजिक तथा प्राविधिक सेवा र गरिबी निवारण कोषको आर्थिक सहयोगमा जिल्लाको पाँचवटै नगरपालिकामा सञ्चालित उक्त कार्यक्रमबाट उक्त सङ्ख्याका घरपरिवार लाभान्वित भएका हुन् । लाभान्वित हुने विशेषगरी आर्थिक विपन्नता भएका व्यक्ति, मुक्तकमैंया, दलित र निकुञ्जपीडित बासिन्दा रहेका छन् । 

गरिबी निवारण कार्यक्रमको माध्यमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेमा दुई हजार ४८२ जनजाति, आठ सय ५६ दलित र तीन सय ३३ परिवार अन्य समुदायका रहेका छन् । कार्यक्रमअन्तर्गत गठित एक सय ४६ सामुदायिक संस्थामार्फत लक्षित समुदायको आयस्तरमा वृद्धि गर्न र भौतिक पूर्वाधार विकासका लागि रु ६ करोड ४४ लाख ५७ हजार ६४२ रकम घुम्तीकोषका रुपमा परिचालन गरिएको कार्यक्रमका संयोजक टेकबहादुर बुढाले बताउनुभयो । 

कृषि तथा पशु विकास पटकेटक्षेत्र विकसित गर्ने उद्देश्यअनुसार शुक्लाफाँटा नगरपालिकाको नौखरी र कृष्णपुरको दया अमरपुर, बैलकुन्डी र किचाइलाई तरकारी पकेट क्षेत्रको रुपमा विकसित गरिएको कार्यक्रमका संयोजक बुढाले बताउनुभयो ।

“तरकारी खेतीका लागि पकेटक्षेत्र विस्तार गरिएका ठाउँमा कृषि व्यवसायलाई सहयोग पुग्ने गरी भौतिक पूर्वाधार विकासका लागि कुलो, पम्पसेट जडान तथा तरकारी सङ्कलन केन्द्र स्थापना गरेका छौं” उहाँले भन्नुभयो । 

तरकारी खेतीमा संलग्न विपन्न वर्गका समुदायले पाँचदेखि २५ कठ्ठा जग्गामा रु २० हजारदेखि रु ७० हजारसम्म आम्दानी गर्दै आएको उहाँको भनाइ छ । २०६२ सालदेखि सुरु भएका सो कार्यक्रम यहाँका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र भीमदत्तनगरपालिकामा सञ्चालनमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो