२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने

१९ चैत्र २०७३, शनिबार ०९:०५

चैत १९, खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ । 

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्ष्य गरेर दुई ठाउँमा बोरिङ गर्ने योजना सुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । 

यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका लागि खानेपानी विभागबाट आएका परामर्शदाताले सर्भेक्षणसमेत गरिसकेका छन् । डिप बोरिङ गरेर हलेसी गुफा नजिक तथा च्यास्मिटार र बडहरेबीचमा पर्ने बोझेमा जमिनमुनिको पानी निकाल्ने तयारी गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताउनुभयो । 

हलेसी क्षेत्रमा जमिनभन्दा करिब १५० मिटरमुनिसम्म छेडेमा पानी निस्कने सर्भेक्षण टोलीले जनाएको छ । बोरिङबाट प्रतिसेकेन्ड १२ लि पानी निकाल्न सकिने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । 

जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा आसपासका गाउँमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोसी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै