पढ्न करिब 1 मिनेट लाग्छ

चैत १९, बैतडी । बैतडी जिल्लाका स्वास्थ्यकर्मिहरुले गत वर्ष स्वास्थ्य सेवाकै कामले जिल्लाको न्वादेउ गाविस जाने क्रममा भिरबाट खसरे मृत्यू भएका हटैराज स्वास्थ्य चौकीका कार्यालय सहयोगी कर्ण बहादुर चन्दको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले मृतकका धर्मपत्नी निर्मला चन्दलाई दुई लाखको चेक हस्तान्त्रण गरेका हुन् ।

उक्त रकम बैतडीमा कार्यरथ स्वास्थ्यकर्मिहरुले आफ्नो मासिक पारिश्रमिकबाट कटाएर संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोश पाण्डेयले बताए ।

मृतक चन्दका तीन छोरी र दुई छोरा छन् । वाहाल अवस्थामा सेवा प्रवाह गर्ने क्रममा भगोलिक विकटताका कारण भिरबाट खसेर ज्यान गुमाएका चन्दको सबै स्वास्थ्यकर्मिहरुले सम्झना समेत गरेका छन् ।

यस अघिपनि स्वास्थ्य सेवा दिने अवस्थामानै आफ्नो ज्यान गुमाएका अन्य दुई कर्मचारीका परिवारलाई पनि बैतडीका स्वास्थ्यकर्मिहरुले दुई–दुई लाख आर्थिक सहयोग गरेका थिए ।