दान बहादुर बुढा/चैत २१, मुगु । नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आइतबार सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मुगुमा भब्यकासाथक मनाईएको छ ।

छा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत २१, मुगु । नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आइतबार सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मुगुमा भब्यकासाथक मनाईएको छ ।

छा"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६०औ सहकारी दिवस मुगुमा भब्यकासाथ मनाईयो

२१ चैत्र २०७३, सोमबार ०२:३६


दान बहादुर बुढा/चैत २१, मुगु । नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आइतबार सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मुगुमा भब्यकासाथक मनाईएको छ ।

छाँयानाथ बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा मनाईएको सहकारी दिवशमा सहकारीले सदरमुकाम वरिपरि रहेका २ हजार बढी महिला सदस्यको उपस्थितमा ६०औ सहकारी दिवश मनाईएको हो ।

नेपालमा सहकारीको शुरुवात भएको ६० बर्ष पुगेपनि विकड हिमाली जिल्ला मुगुमा भने गत बर्ष ५९ औ सहकारी दिवशबाट दिवश मनाउन शुरु गरिएको हो । ६०औ सहकारी दिवशको अवशरमा नारा लगाउदै महिलाहरुले बजार परिक्रमा गरेका थिए ।

मुगु जिल्लालाई कार्यक्षेत्र बनाएर सहकारी डिभिजन कार्यालय जुम्लामा सय बढी विभिन्न विषयका सहकारी सस्थाहरु दर्ता भएपनि कसैले जिल्लामा वित्तिय साक्षरता दिने काम गरेका थिएनन । तर २०७१ सालमा मुगु उद्योग बाणिण्य संघको सहजजिकरणमा स्थापना भएको छाँयानाथ सहकारीले गत बर्षबाट सहकारी दिवश मनाउन शुरु गरेर वितिय साक्षरता र सदस्य केन्द्रित सेवा दिन शुरु गरेको छ ।

५९ औ सहकारी दिवशमा वित्तिय साक्षरताका लागी अन्तर समुह देउडा प्रतियोगिता गरेर मनाएको सहकारीले ६० औ दिवशमा गत १३ देखि १६ गतेसम्म जिल्लामा पहिलो वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो सो शिविर ४ हजार बढी सदस्यहरुको स्वास्थ्य चेकजाँच र १२ जनाको सल्यक्रिया गरिएको थियो । उक्त शिविरलाई सगरमाथा हेल्थ फाउण्डेसन र हेल्थ केयर अमेरिका नेपालको प्राविधिक सहयोगमा थियो ।

संयुक्त राष्ट संघले दिगो विकास लक्ष्य २०३० लाई सफल बनाउन राष्टिय सहकारी संघले ६० औ सहकारी दिवशको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने नारा तय गरेको थियो । 


सोही नारालाई आधार मान्दै आज मुगु जिल्ला सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मनाईएको हो । कार्यक्रम मुगु जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले गर्नु भएको थियो । जब सम्म महिला सबल, सक्षम र आत्मनिर्भर हुदैनन तब सम्म दिगो विकासको सपना पुरा नहुने भएकाले त्यो लक्ष्य प्राप्ती गर्न सहकारीबाट सम्भव भएको अध्यक्ष मल्लले बताउनु भयो । 

जिल्ला मै पहिलो चोटी गत बर्षबाट छायाँनाथ सहकारीले लघुवित्त कार्यक्रम शुरु गरेर ७ हजार महिला सदस्य बनाएको छ भने जिल्ला बैकिङ्ग सेवा तथा वित्तिय साक्षरता नभएका  विकड बस्तिहरुमा पनि सेवा प्रवाह गरिरहेको छ । 

सहकारीले सदस्य केन्द्रित सेवामा लघुविमा, प्रसुती भत्ता, क्रिया खर्च, रेमिटान्स, व्याज, स्वास्थ्य शिविर सेवा, स्वास्थ्य सामग्री वितरण जस्ता सेवा दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य