पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले प"/>
2026-07-25 04:55 AM
पर्बत - PBT

वाघले खाएको कुखुराको क्षतीपुर्ती

पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले पाइन भन्दा तपाइहरुलाई अचम्म लाग्ला तर यो सत्य हो ।

 आखिर बाघले खाएको कुखुराको क्षतीपूर्ति उनलाई बाघले दिएको कि वा कसरी पाइन भन्ने पनि तपाइहरुको मनमा होला ? तर पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीकी सीता तिवारीले वाघले खाएको कुखुराको क्षतीपुर्ती रकम पाएकी छन् ।


 तिवारीले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवशायीक स्वरोजगार कोषले संचालन गरेको युवा साझेदारी कार्यक्रम अन्तर्गत सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्था मार्फत गत वर्ष रु.१ लाखको लगानीमा २२५ वटा कुखुरा पालेकी थिइन् । 

कुखुरा हुर्केर वजार लाने तयारी गर्दा फर्ममानै पसेर वाघले २०० वटा कुखुरा नष्ट गरेको थियो । सो व्यवशाय युवा स्वरोजगार कोषवाट नै वीमा भएको थियो जसले गर्दा रु.२७ हजार व्यवशायी सिता तिवारीले प्राप्त गरेकी हुन्  । 


सो रकम सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले फलेवास नगरपालिका वडा नं. ३ का वडा सचिव पूर्ण वहादुर भण्डारी र वडा नं ३ का प्राविधिक सहायक कृष्ण वि.क.ले व्यवशायी सिता तिवारीलाई  हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा  वोल्दै व्यवशायी सिता तिवारीका श्रीमान दुर्गा प्रसाद तिवारीले सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाको पहल, युवा तथा साना व्यवशायी स्वरोजगार कोष र राष्ट्रिय वीमा संस्थानको सहयोगमा हाम्रो व्यवशायवाट भएको क्षतिको राहात मिलेकोमा खुसीे व्यक्त गर्नुभयो  ।

 उहाँले व्यवशाय विस्तार गरी तरकारी तथा अन्य व्यवशाय वढाउने र अरु किसानलाइले समेत कृषि तथा पशु व्यवशायको वीमा गर्न सल्लाह दिनु भयो ।


यस भन्दा पहिला समेत सोही ठाउमा व्यवशायी सुर्य प्रसाद लामिछानेको कुखुरा वाघले खाएकोमा राष्ट्रिय वीमा संस्थानवाट रु.७८,४०० प्राप्त गरी सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाले व्यवशायीलाई उपलव्ध गराएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक