२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका ग्रामिण सडकमा मनोमानी भाडा असुली

३ माघ २०७२, आईतवार १२:०७

dadeldhuraप्रकाश भाट । माघ ३, डडेल्धुरा । डडेल्धुरा जिल्लाको ग्रामिण सडकमा संचालनमा रहेका जिप व्यवसायीहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेका छन् । डडेल्धुरा जिल्लाका विभिन्न ग्रामिण सडकमा संचालनमा रहेका जिपहरुले ईन्धन अभावका साथै सडक जोखिम भएको भन्दै यात्रुहरुवाट दोव्वर भन्दा वढी भाडा असुली रहेका छन् ।

कञ्ची सडकमा प्रति किलोमिटर रु ४ देखी ५ रुपैंयाँ भाडा तोकेपनि डडेल्धुरा जिल्लाका ग्रामिण सडकमा संचालनमा रहेका जिप व्यवसायीहरुले प्रति किलोमिटर रु १० देखी १५ रुपैंयाँ सम्म असुलीरहेका छन् । जिल्लाको वगरकोट शिराड रुपाल सडक,वगरकोट देवल दिव्यपुर सडक, वगरकोट भागेश्वर सडक, पोखरा वेलापुर सडक,वगरकोट चिपुर सडकमा संचालनमा रहेका जिपहरुले यात्रुहरुवाट दोव्वर भन्दा वढी भाडा असुली रहेका छन् । ग्रामिण सडकमा यातायात संचालन हुँदा ग्रामिण क्षेत्रमा केही सहज भएपनि दोव्वर भन्दा वढी भाडा तिर्नु पर्दा आफुहरु मार्कामा परेको यात्रुहरुको भनाई रहेको छ । रुपाल वाट वगरकोट सम्मको २४ किलोमिटरको दुरीमा चार सय ७० रुपैंयाँ भाडा तिर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवस्था विभागले अनुमती नै नदिएको सडकमा जोखिम मोलेरै भएपनि यातायात संचालन गरिरहेको यातायात व्यवसायीले वताएका छन् ।ईन्धनको अभाव र सडक जोखिम युक्त रहेकाले वढी भाडा लिने गरेको यातायात व्यसायीले वताएका छन् । ग्रामिण सडकामा संचालनमा रहेका जिपहरुले वढी भाडा मात्रै नभई क्षमता भन्दा वढी यात्रु वोक्ने गरेका छन् ।

ग्रामिण सडक आफैमा जोखिम रहेको छ भने उसैमा क्षमता भन्दा वढी यात्रु वोक्ने गर्दा यात्रुहरु झनै जोखिम पुर्ण रुपमा यात्रा गर्न वाध्य भएका छन् । डडेल्धुरा जिल्लाका अधिकांस ग्रामिण सडकमा यातायात संचालनका लागि अनुमती नै दिएको छैन । अनुमती नदिएका सडकमा यातायात संचालन हुँदा दुर्घटना हुँदा विमाको समेत समस्या हुने भएकाले अनुमती नदिएका सडकमा यातायात संचालनमा रोक लगाउनु पर्ने अस्थायी रुपमा भएपनि यातायात संचालनका लागि अनुमती दिनु आवश्यक रहेको छ । जिल्लाका ग्रामिण सडकमा दैनिक रुपमा दुईदर्जन भन्दा वढी जिप संचालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने