२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका ग्रामिण सडकमा मनोमानी भाडा असुली

२०७२, ३ माघ आईतवार १२:०७

dadeldhuraप्रकाश भाट । माघ ३, डडेल्धुरा । डडेल्धुरा जिल्लाको ग्रामिण सडकमा संचालनमा रहेका जिप व्यवसायीहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेका छन् । डडेल्धुरा जिल्लाका विभिन्न ग्रामिण सडकमा संचालनमा रहेका जिपहरुले ईन्धन अभावका साथै सडक जोखिम भएको भन्दै यात्रुहरुवाट दोव्वर भन्दा वढी भाडा असुली रहेका छन् ।

कञ्ची सडकमा प्रति किलोमिटर रु ४ देखी ५ रुपैंयाँ भाडा तोकेपनि डडेल्धुरा जिल्लाका ग्रामिण सडकमा संचालनमा रहेका जिप व्यवसायीहरुले प्रति किलोमिटर रु १० देखी १५ रुपैंयाँ सम्म असुलीरहेका छन् । जिल्लाको वगरकोट शिराड रुपाल सडक,वगरकोट देवल दिव्यपुर सडक, वगरकोट भागेश्वर सडक, पोखरा वेलापुर सडक,वगरकोट चिपुर सडकमा संचालनमा रहेका जिपहरुले यात्रुहरुवाट दोव्वर भन्दा वढी भाडा असुली रहेका छन् । ग्रामिण सडकमा यातायात संचालन हुँदा ग्रामिण क्षेत्रमा केही सहज भएपनि दोव्वर भन्दा वढी भाडा तिर्नु पर्दा आफुहरु मार्कामा परेको यात्रुहरुको भनाई रहेको छ । रुपाल वाट वगरकोट सम्मको २४ किलोमिटरको दुरीमा चार सय ७० रुपैंयाँ भाडा तिर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवस्था विभागले अनुमती नै नदिएको सडकमा जोखिम मोलेरै भएपनि यातायात संचालन गरिरहेको यातायात व्यवसायीले वताएका छन् ।ईन्धनको अभाव र सडक जोखिम युक्त रहेकाले वढी भाडा लिने गरेको यातायात व्यसायीले वताएका छन् । ग्रामिण सडकामा संचालनमा रहेका जिपहरुले वढी भाडा मात्रै नभई क्षमता भन्दा वढी यात्रु वोक्ने गरेका छन् ।

ग्रामिण सडक आफैमा जोखिम रहेको छ भने उसैमा क्षमता भन्दा वढी यात्रु वोक्ने गर्दा यात्रुहरु झनै जोखिम पुर्ण रुपमा यात्रा गर्न वाध्य भएका छन् । डडेल्धुरा जिल्लाका अधिकांस ग्रामिण सडकमा यातायात संचालनका लागि अनुमती नै दिएको छैन । अनुमती नदिएका सडकमा यातायात संचालन हुँदा दुर्घटना हुँदा विमाको समेत समस्या हुने भएकाले अनुमती नदिएका सडकमा यातायात संचालनमा रोक लगाउनु पर्ने अस्थायी रुपमा भएपनि यातायात संचालनका लागि अनुमती दिनु आवश्यक रहेको छ । जिल्लाका ग्रामिण सडकमा दैनिक रुपमा दुईदर्जन भन्दा वढी जिप संचालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा