२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका विद्यार्थी पाठ्यपुस्तक विनानै परिक्षा दिन वाध्य

२०७३, २१ चैत्र सोमबार १६:०१

शम्सेर विक्रम जि.सी | चैत २१, प्यूठान | शैक्षिक सत्र सुरु हुन केहिदिन वाकि हुदा प्यूठान जिल्लामा पाठय पुस्तकको अभाव देखिन थालेको छ । यस वर्षको शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र वाकि रहदासम्म प्यूठान जिल्लामा अहिले सम्म कुनैपनि विद्यालयमा पाठय पुस्तक पुग्न सकेका छैनन् । विगतका वर्षहरुमा जिल्लामा विद्यार्थीहरुले पाठ्यपुस्तक विनानै पढ्न वाध्य भएको तितो यथार्थ जिवित रहिरदा समेत जिल्ला शिक्षा कार्यालय प्यूठानले यस शैक्षिक शत्रमा पनि पाठ्यपुस्तक पठाउन नसक्नेहो कि भन्नेमा विद्यार्थी तथा अभिभावकहरु चिन्तामा परेका छन् । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सम्पुर्ण विद्यालयलाई पुग्ने गरि पाठ्यपुस्तकको ब्यवस्था गर्न नसक्दा समस्या देखिएको छ ।

अन्तिम परिक्षाको दिनसम्म विद्यार्थीको हातमा किताव पुर्याउन धौ धौ पर्ने जिल्ला शिक्षा कार्यालय यस पटकपनि किताबहरुको विषयमा कुनै कदम अझै चाल्न सकेको छैन । यसपटक भने जिल्लाका सम्पुर्ण विद्यालयमा समयमै किताव पुर्याउने लक्ष्य रहेको जिल्ला शिक्षा अधिकारि कल्पना घिमिरेले वताउनु भयो ।तर उहाले भनेजस्तै गर्नेहो भने किताव सवैको हातहातमा पुग्ने थियो तर जिलला शिक्षा कार्यालयको काम एकातीर र विद्यालयको अर्काेतिर विभाजीत हुदा विद्यार्थीहरुको भविश्य अन्यौलमा परेको छ । 

 पहिलेका केहि वर्षहरुमा जिल्लाका केहि विद्यालयमा किताव पुर्याउन नसकिएको वताउदै उहाले यसपटक भने सवै विद्यालयलाई पुग्ने किताबहरुको ब्यवस्था गरिएको जानकारि दिनुभयो । यस पटक जिल्लाका सवै विद्यालयलाई आबश्यक पर्ने किताबहरुको जोहोमा आफुहरु लागेको भन्दै जिसिअ घिमिरेले यस शैक्षिक सत्रमा सवै विद्यार्थीको हातमा किताव पुर्यायरै छाड्ने वताउनु भयो । जिल्लाका अधिकासं विद्यालयका विद्यार्थीहरु जिल्ला शिक्षा कार्यालय र सम्वन्धित विद्यालयले समयमै पाठ्यपुस्तकको ब्यवस्था नगर्दा विना किताव शिक्षकको भरमा पढ्न वाध्य भएका् छन् ।

 परिक्षाको समयमा समेत आफुहरुलाई विद्यालयले कितावको ब्यवस्था नगरेको भन्दै वागेंमरोटका विकास विकले पढाईमा समस्या देखिने वताए । उनले किताबकै भरमा घरमा अध्ययन गर्ने वातावरण समेत नभएको र विद्यालयमा शिक्षकको भरमा आफुहरु परिक्षामा सामेल भएको वताएका हुन । यस वर्षको एसईई परिक्षा दिईसकेका उनले विज्ञान विषयको किताव विनानै परिक्षा दिएको वताए । 

जिल्लाका विद्यार्थीहरुको भविश्यमाथी खेलवाड गर्दै आएको जिल्ला शिक्षा कार्यालयले यस वर्षपनि समयमै किताकको जोहो गर्न नसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ