२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला बजारमा खानेपानिको हाहाकार हुने उच्च संभावना

२२ चैत्र २०७३, मंगलवार ०२:३५

नन्दराम जैशी | चैत्र २२, जुम्ला | जुम्ला बजारमा यस बर्ष खानेपानिको हाहाकार हुने उच्च संभावना देखिएको छ । बढ्दो खडेरी र जलवायु परिवर्तनका कारण पानिका मुहान सुक्दै गएपछि जुम्ला बजारमा गत बर्षजस्तै यस बर्ष पनि खानेपानिको हाहाकार हुने संभावना देखिएको हो । 

खलंगा खानेपानि उपभोक्ता समिति जुम्लाका अनुसार बजारमा बढ्दो जनसंख्या र खडेरीका कारण पानिका मुहान सुक्दै गएपछि खानेपानि प्रवाहमा हिजो आज नै समस्या हुन थालेको छ । समितिद्धारा १२ सय ५० जना उपभोक्ताले पानि उपभोग गर्दै आएपनि हिजोआज सबै पानिका लाइनमा प्रयाप्त मात्रामा पानि प्रवाह गर्न नसकिएको समितिले जनाएको छ । समितिका कोषाअध्यक्ष कालि बहादुर महतले बजारमा खानेपानिको हाहाकार हुने संभावना देखिएपछि बैकल्पीक उपायको खोजि भैरहेको जानकारी दिनुभयो । हाल रहेका मुहानको पानिले सबै उपभोक्तालाइ नपुग्ने संभावना देखिएपछि पम्प खरीद गरी पम्पबाट पानि तानेर उपभोक्तालाइ बितरण गर्ने तयारी भैरहेको उहाले बताउनुभयो । उहाले भन्नुभयो, यस बर्ष आवाश्यक मात्रामा हिँउ तथा बर्षा भएको छैन, सुख्खा मौषमका कारण पानिका मुहान सुक्दै छन् । हामि कसरी उपभोक्तालाइ समान पानि बितरण गर्ने भन्नेमा चिन्तीत भएका छौ, यसमा सबैसँग छलफल गरेर अघि बढ्नुपर्ने देखिन्छ । 

खानेपानिका पाइप बिच्छाइएका बजार तथा बाहिरका क्षेत्रमा सडक निर्माण तथा सिँचाइ कुलो मर्मतका कारण बेला बेलामा पाइप फुट्ने समस्याले बजारका कुनै क्षेत्रमा दैनिक जसो पानि बितरणमा समस्या भएको उहाको भनाइ छ । कोषअध्यक्ष महतले भन्नुभयो, उपभोक्ताहरुलाइ आफ्नै घरमा खानेपानि प्रयोग गर्न समस्या भैरहेका बेला उपभोक्ताको घरपरिवार भन्दा धेरै मानिसहरु घर भाडामा बस्छन्, त्यसैले धेरै मानिसले समितिको पानि प्रयोग गर्दा उनिहरुले सोचे अनुरुप खानेपानि प्रवाह गर्न नसकिएको हो, उहाले बताउनुभयो । खलंगा खानेपानि उपभोक्ता समितिका कर्मचारी नरेन्द्र बहादुर महतले माथिल्लो बिजयनगर र सिंगाचौर क्षेत्रमा घरहरुमाथि र पाइपलाइन तल भएका कारण नियमित खानेपानि प्रवाहमा समस्या भएको बताउनुभयो । बससपार्क लगाएतका तत्लो क्षेत्रमा उपभोक्ताहरुले पानि खानमा मात्र नभइ सिँचाइका लागि पनि प्रयोग गर्ने गरेकाले अन्य उपभोक्तालाइ समस्या भएको उहाको भनाइ छ । हाल प्रत्येक उपभोक्ताले मासिक ८० र सो भन्दा माथि मिटरका हिसाबले पानिको बिल तिर्ने गरेका छन् । उपभोक्ताबाट संकलन भएको रकम खानेपानि मर्मत र कर्मचारीको तलबमा खर्च हुने गरेको समितिले जनाएको छ । भने उपभोक्तालाइ सुद्ध खानेपानि प्रवाह गर्ने उदेशयले समितिले ठिन्केमा फिल्टर ट्याङकी निर्माण गरीरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य