२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

झण्डै आठ महिनाबाट डडेल्धुरको एक सरकारी कार्यालय प्रमुख र कर्मचारी बिहीन

४ माघ २०७२, सोमबार ०१:४४

ललित बोहरा/ माघ ४, डडेल्धुरा । हेलो सर को छ कार्यालयमा मेरो गाडी नबिकरण गर्नु पर्ने छ के । सर म छु । सर मेरो गाडी नबिरकरण गर्नु पर्ने थियो । मार्फ गर्नु होला सर कार्यालयमा कोही पनी छनै म त कार्यालय सहयोगी हो । कहीलेबाट हो सर सरहरु नभाको ? यसै भा होला सात आठ महीना । डडेल्धुराको एक सरकारी कार्यालय प्रमुख र कर्मचारी बिहीन रहेको छ ।

डडेल्धुरामा यातायात कार्यालय स्थापना भएपछि खुसी भएका सुदुरपश्चिमका चारवटै पहाडि जिल्लाका सेवाग्राहि फेरी निरास छाएको छ । कारण हो ,यातायात कार्यालय डडेल्धुरा वोर्डमा मात्रै सिमित रहेको छ । कार्यालय खुलेको झण्डै आठ महिना विति सक्दा सम्म कार्यालय प्रमुख र आवश्यकता अनुसार कमचारीहरु नभएको पाईएको छ ।

यातायात कार्यालय डडेल्धुरामा एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । कार्यालयमा रहेका सहायक लेखापाल र नासु बिदामा घर जाँदा एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । कार्यालयमा आएका सेवा ग्राहिलाई सेवा दिनु त परै जाओस् कार्यालयको ढोका समेत बन्द अवस्थामा रहेका छन् । ढोकामा ताला नलाएको भएपनि ढोका बन्द अवस्थामा रहेका छन् । कार्यालय प्रमुखका बारेमा कार्यालय सहयोगी बाट जानकारी लिदा कोही बिदामा रहेका र कोही तालिममा रहेका बताए ।

सरकारी कार्यालयमा अनिवार्य रुपमा नागरी वडा पत्र राख्नु पर्ने भएपनि कार्यालय स्थापना भएको आठ महिना विति सक्दा सम्म पनि राख्न सकेको छैन ,भने कार्यालयको वोर्ड समेत एकातिर झुण्डाइएको छ । कामका लागि कार्यालयमा आउने सेवा ग्राहि रित्तै हात फिर्ता हुने पर्ने बाधेता रहेको छ । नामसारी देखी नविरकण गर्ने सम्मको काम काज डडेल्धुराबाट गर्न लागि कार्यालय स्थापना गरीएको भएपनि लोकसेवा आयोगका कारण कार्यालय प्रमुख आउन नसकेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जानकारी दिनु भयो । कार्यालय प्रमुख नहँुदा कुनै पनि काम काज नहँुदा कार्यालय स्थापना गरेको वेअर्थ भएको समेत प्रमुख जिल्ला अधिकारी लुईटेलले बताउनु भयो ।

‘कार्यालय प्रमुखका लागि यातायात व्यवस्था विभाग सम्म सम्पर्क गर्दा लोकसेवा आयोगले पठाउने भन्दै आलटाल गर्दा अहिले यातायात कार्यालय डडेल्धुरा विना कामको भएको छ ।’ प्रमुख जिल्ला अधिकारी लुईटेलले भने–विदामा गएका नासु छिट्टै कार्यालयमा आउने समेत प्रमुख जिल्ला अधिकारीले लुईटेलले बताउनु भयो । कार्यालयका नासु विमारी विदामा गएको समेत प्रमुख जिल्ला अधिकारी लुईटेलको भनाई रहेको छ । यति मात्रै नभई जिल्ला स्तरको कार्यालयमा एक कोठामा मात्रै कार्यालय सञ्चालनमा रहेको छ । एउटै कोठा बाट कार्यालयको काम काज संचालन गर्नमा समेत समस्या हुन जाने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ