2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

झण्डै आठ महिनाबाट डडेल्धुरको एक सरकारी कार्यालय प्रमुख र कर्मचारी बिहीन

ललित बोहरा/ माघ ४, डडेल्धुरा । हेलो सर को छ कार्यालयमा मेरो गाडी नबिकरण गर्नु पर्ने छ के । सर म छु । सर मेरो गाडी नबिरकरण गर्नु पर्ने थियो । मार्फ गर्नु होला सर कार्यालयमा कोही पनी छनै म त कार्यालय सहयोगी हो । कहीलेबाट हो सर सरहरु नभाको ? यसै भा होला सात आठ महीना । डडेल्धुराको एक सरकारी कार्यालय प्रमुख र कर्मचारी बिहीन रहेको छ ।

डडेल्धुरामा यातायात कार्यालय स्थापना भएपछि खुसी भएका सुदुरपश्चिमका चारवटै पहाडि जिल्लाका सेवाग्राहि फेरी निरास छाएको छ । कारण हो ,यातायात कार्यालय डडेल्धुरा वोर्डमा मात्रै सिमित रहेको छ । कार्यालय खुलेको झण्डै आठ महिना विति सक्दा सम्म कार्यालय प्रमुख र आवश्यकता अनुसार कमचारीहरु नभएको पाईएको छ ।

यातायात कार्यालय डडेल्धुरामा एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । कार्यालयमा रहेका सहायक लेखापाल र नासु बिदामा घर जाँदा एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । कार्यालयमा आएका सेवा ग्राहिलाई सेवा दिनु त परै जाओस् कार्यालयको ढोका समेत बन्द अवस्थामा रहेका छन् । ढोकामा ताला नलाएको भएपनि ढोका बन्द अवस्थामा रहेका छन् । कार्यालय प्रमुखका बारेमा कार्यालय सहयोगी बाट जानकारी लिदा कोही बिदामा रहेका र कोही तालिममा रहेका बताए ।

सरकारी कार्यालयमा अनिवार्य रुपमा नागरी वडा पत्र राख्नु पर्ने भएपनि कार्यालय स्थापना भएको आठ महिना विति सक्दा सम्म पनि राख्न सकेको छैन ,भने कार्यालयको वोर्ड समेत एकातिर झुण्डाइएको छ । कामका लागि कार्यालयमा आउने सेवा ग्राहि रित्तै हात फिर्ता हुने पर्ने बाधेता रहेको छ । नामसारी देखी नविरकण गर्ने सम्मको काम काज डडेल्धुराबाट गर्न लागि कार्यालय स्थापना गरीएको भएपनि लोकसेवा आयोगका कारण कार्यालय प्रमुख आउन नसकेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जानकारी दिनु भयो । कार्यालय प्रमुख नहँुदा कुनै पनि काम काज नहँुदा कार्यालय स्थापना गरेको वेअर्थ भएको समेत प्रमुख जिल्ला अधिकारी लुईटेलले बताउनु भयो ।

‘कार्यालय प्रमुखका लागि यातायात व्यवस्था विभाग सम्म सम्पर्क गर्दा लोकसेवा आयोगले पठाउने भन्दै आलटाल गर्दा अहिले यातायात कार्यालय डडेल्धुरा विना कामको भएको छ ।’ प्रमुख जिल्ला अधिकारी लुईटेलले भने–विदामा गएका नासु छिट्टै कार्यालयमा आउने समेत प्रमुख जिल्ला अधिकारीले लुईटेलले बताउनु भयो । कार्यालयका नासु विमारी विदामा गएको समेत प्रमुख जिल्ला अधिकारी लुईटेलको भनाई रहेको छ । यति मात्रै नभई जिल्ला स्तरको कार्यालयमा एक कोठामा मात्रै कार्यालय सञ्चालनमा रहेको छ । एउटै कोठा बाट कार्यालयको काम काज संचालन गर्नमा समेत समस्या हुन जाने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई