मोहम्मद ईजहार शेष/चैत २२, नवलपरासी । सम्पुर्ण नेपालीको रक्षाका लागि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ गजेन्द्र मोक्ष धामका पिठ स्वामी कमल नयन आचार्यले कामना ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत २२, नवलपरासी । सम्पुर्ण नेपालीको रक्षाका लागि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ गजेन्द्र मोक्ष धामका पिठ स्वामी कमल नयन आचार्यले कामना ग"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुक्तिनाथका आचार्यले गरे नेपालीको रक्षाको कामना

२०७३, २२ चैत्र मंगलवार ०९:४१


मोहम्मद ईजहार शेष/चैत २२, नवलपरासी । सम्पुर्ण नेपालीको रक्षाका लागि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ गजेन्द्र मोक्ष धामका पिठ स्वामी कमल नयन आचार्यले कामना गर्नु भएको छ । गएराती पाल्हीनन्दन गाँउपालिका स्थित महेशपुरमा जयमा कोटही सत्यचण्डी महायज्ञको उद्घाटन गर्दै स्वामी आचार्यले सनातन धर्म सहित सम्पुर्ण नेपालीको रक्षाका लागि कामना गर्नु भएको हो । 

महायज्ञ मुल समारोह समितिका अध्यक्ष चन्द्रिका निगमको अध्यक्ष्ता तथा स्वामी आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सुभारम्भ कार्यक्रममा ५ सय ७ युवतीहरुहरुको कलश यात्रामा सहभागिता रहेको महायज्ञका बरिष्ठ संयोजक नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले जानकारी दिनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै नेता कण्डेलले सफल जिवन  अनुशासित बन्नका लागि लागि धार्मिक कार्य आवश्यक रहेकाले सबैले आ–आफनो धर्मको संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।  चैत्र २१ गतेवाट सुरु भएको उक्त महायज्ञ चैत्र २९ गते समापन हुने बताईएको छ । 

महायज्ञमा प्रवचनकर्ताका भारतको प्रसिद्ध नन्दबन धामवाट प्रविणानन्दको मुखार बिन्दवाट भईरहेको छ । महायज्ञमा बिहान र दिउँसो प्रवचन भईरहेको छ भने रातीमा रामलीला मञ्चन भईरहेको छ । गएराती भएको उद्घाटन कार्यक्रममा सो क्षेत्रका समाजसेवी ब्यक्तित्व, सुरक्षा निकाय तथा श्रद्धालुभक्तहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा