मोहम्मद ईजहार शेष/चैत २२, नवलपरासी । सम्पुर्ण नेपालीको रक्षाका लागि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ गजेन्द्र मोक्ष धामका पिठ स्वामी कमल नयन आचार्यले कामना ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत २२, नवलपरासी । सम्पुर्ण नेपालीको रक्षाका लागि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ गजेन्द्र मोक्ष धामका पिठ स्वामी कमल नयन आचार्यले कामना ग"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुक्तिनाथका आचार्यले गरे नेपालीको रक्षाको कामना

२२ चैत्र २०७३, मंगलवार ०९:४१


मोहम्मद ईजहार शेष/चैत २२, नवलपरासी । सम्पुर्ण नेपालीको रक्षाका लागि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ गजेन्द्र मोक्ष धामका पिठ स्वामी कमल नयन आचार्यले कामना गर्नु भएको छ । गएराती पाल्हीनन्दन गाँउपालिका स्थित महेशपुरमा जयमा कोटही सत्यचण्डी महायज्ञको उद्घाटन गर्दै स्वामी आचार्यले सनातन धर्म सहित सम्पुर्ण नेपालीको रक्षाका लागि कामना गर्नु भएको हो । 

महायज्ञ मुल समारोह समितिका अध्यक्ष चन्द्रिका निगमको अध्यक्ष्ता तथा स्वामी आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सुभारम्भ कार्यक्रममा ५ सय ७ युवतीहरुहरुको कलश यात्रामा सहभागिता रहेको महायज्ञका बरिष्ठ संयोजक नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले जानकारी दिनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै नेता कण्डेलले सफल जिवन  अनुशासित बन्नका लागि लागि धार्मिक कार्य आवश्यक रहेकाले सबैले आ–आफनो धर्मको संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।  चैत्र २१ गतेवाट सुरु भएको उक्त महायज्ञ चैत्र २९ गते समापन हुने बताईएको छ । 

महायज्ञमा प्रवचनकर्ताका भारतको प्रसिद्ध नन्दबन धामवाट प्रविणानन्दको मुखार बिन्दवाट भईरहेको छ । महायज्ञमा बिहान र दिउँसो प्रवचन भईरहेको छ भने रातीमा रामलीला मञ्चन भईरहेको छ । गएराती भएको उद्घाटन कार्यक्रममा सो क्षेत्रका समाजसेवी ब्यक्तित्व, सुरक्षा निकाय तथा श्रद्धालुभक्तहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने