ललित बोहरा । माघ ५, डडेल्धुरा । यही माघ ९ गते डडेल्धुराको पहिलो गाबिसको रुपमा गणेशपुर गाबिस पूर्णसाक्षर गाबिस घोषणा हुने भएको छ ।
गणेशपूर गाबिसमा रहेका १६ बर्ष देखी ६० बर्ष उमेर समुहका सतप्रतिशत नागरीक साक्षर बनेपछि गाबिसलाई पूर्ण साक्षर गाबिस घोषणा गरिन लागेको गणेशपुर सामुदायीक अध्ययन केन्द गणेशपुरका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले जानकारी दिनु भयो । घोषण समारोहको आयोजना जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, लु निभा बालसरोकार समुह फिल्ड कार्यालय डडेल्धुरा, जिल्ला अनौपचारीक शिक्षा समीतीको संयूक्त सहयोग रहेको छ । घोषण समारोह बडाल देबस्थलकोल प्राङगणमा हुने आयोजकले जनाएको छ ।