२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जबर्जस्ती करणीमा फरकफरक सजायले न्याय भएन

२०७३, २३ चैत्र बुधबार ०५:३५

(कविता उपाध्याय) | चैत २३, लिबाङ (रोल्पा) | नाबालिका जबर्जस्ती करणी गर्ने तीनजनालाई जिल्ला अदालत रोल्पाले फरकफरक मितिमा फरकफरक कैद सजाय तोकेकोे छ । 

जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यी सबै मुद्दाको फैसला गरेको अदालतका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । 

छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने राङ्सी–६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगरलाई सोमबार जिल्ला अदालत रोल्पाले छ वर्ष कैद सजायको फैसला गरेको छ । 

विसं २०७३ पुस २० गते विद्यालय गएकी बालिकालाई बाल शिक्षाको कक्षामा विद्यालय समयमा बिहान ११ बजे कोही नभएको मौका पारी घर्तीमगरले जबर्जस्ती करणी गरेपछि बालिका रुँदै कराउँदै घर गएकी थिइन् । 

बालिकाकी आमाले तत्काल विद्यालयमा पुगी यस विषयमा उजुरी गरिन् । तर पनि बालिका पटक्कै विद्यालय जान मानिनन् । त्यसपछि पीडितकी आमामार्फत पुस २४ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँ, रोल्पामा जाहेरी प¥यो । 

प्रहरीले यस विषयमा व्यापक खोज अनुसन्धान गरी माघ ११ गते सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरायोे । 

विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय समयमा बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेको पुष्टि भएपछि जिल्ला अदालत रोल्पाले कैद सजाय तोकेको हो । 

यस्तै, गाउँकै साढे दुई वर्षीया बालिका जबर्जस्ती करणी उद्योग गर्ने गैरीगाउँ–६ रोल्पाका ६३ वर्षीय गङ्गाबहादुर बाँठागमरलाई पनि छ वर्ष कैद सजाय हुनेगरी फैसला भएको छ । ती अबोध बालिकाकी आमाले विसं २०७३ मङ्सिर १३ गते सासूको जिम्मामा छोरीलाई घरमा सुताएर घाँस काट्न गएकी थिइन् । 

सासू घरको काममा ब्यस्त भएका बेला बाँठामगरले बालिकाको हातमा बिस्कुट दिई ललाइफकाइ आफ्नो कोठामा लगेको जाहेरीमा उल्लेख छ । यसरी कसैलाई जानकारी नदिई सुटुक्क लगिएकी बालिकाको शरीर र योनीमा तेलको प्रयोग गरी जबर्जस्ती करणी गर्न खोजेपछि बालिका निकै रोइ कराइ गरिन् । 

यसरी बालिका निकै जोडले रोएको पीडितकी आफन्तले सुनेपछि नग्न अवस्थामा रहेका बाँठामगरको हातबाट बालिकालाई खोसेर लगेको प्रत्यक्षदर्शीको जाहेरीमा उल्लेख छ । यसरी लगिएकी बालिकाको शरीरमा घाउचोट समेत लागेको थियो । त्यसपछि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय रोल्पामा जाहेरी दिएका थिए । 

प्रहरीले अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको थियो भने सरकारी वकिलको कार्यालयमार्फत विसं २०७३ पुस ३ गते जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो । पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तलाई गतः चैत १७ गतेदेखि छ वर्षका लागि कैद सजाय तोकिएको हो ।

यस्तै, ५ वर्षीया बालिका जबर्जस्ती करणी गर्ने मिरुल–३ रोल्पाका खिउटे भन्ने १८ वर्षीय राजकुमार बुढामगरलाई जिल्ला अदालत रोल्पाले १४ वर्ष कैद सजाय तथा अभियुक्तबाट बालिकालाई रु ५० हजार क्षतिपूर्ति दिलाउने गरी फैसला गरेको छ । 

बुढामगरले गाई चराउन गएकी नाबालीकालाई जबर्जस्ती करणी गर्न खोज्दा असहज भएपछि स्याम्पुको प्रयोग गरेका थिए । बालिका निकै रोइन् कराइन् तर उम्कन सकिनन् । उनी जबर्जस्ती करणीको शिकार बनेरै छोडिन् । 

घटना घटिसकेपछि बालिका रुँदै कराउँदै घर पुगिन् । पीडित बालिकाका बुबामार्फत विसं २०७३ माघ ९ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी प¥यो । उनले कानुनबमोजिम पीडकलाई कारबाही गरी पाउँ भनी निवेदन दर्ता गराए । 

त्यसपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराएपछि व्यापक खोजतलासपछि अभियुक्तलाई सजाय तोकिएको हो । 

यसरी कैद सजाय भोग्ने सबैलाई प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो । घर, आँगन, गोठ, धारा पँधेरा, विद्यालय, घाँस दाउरा जाँदा जुनसुकै स्थानमा पनि बालिका तथा महिलालाई स्वतन्त्रता छैन जसका कारण उनीहरु हिंसाको सिकार बनिरहेका छन् । 

यसरी जबर्जस्ती करणी गर्ने वा उद्योग गर्ने जोकोहीलाई पनि या त आजीवन कारागारमा थुनामा राख्नुपर्ने या मृत्युदण्ड दिने व्यवस्था हुन सकेमात्र यस किसिमका घटना रोकिन सक्ने भएको हुँदा यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने स्थानीय पविता सुवेदीले बताउनुभयो । 

अभियुक्तले जतिसुकै सजाय पाए पनि पीडितलाई न्याय नहुने गजलु–६ रोल्पाका रीता देवकोटाले बताउनुभयो । उहाँका अनुसार यस किसिमका घटना नियन्त्रणमा आएमात्र महिलाले न्याय पाउने छन् । 

यस किसिमका घटनाको अन्त्यका लागि सर्वप्रथम समाजमा महिला र पुरुषका बीचको विभेद अन्त हुन जरुरी छ । समाजले महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा सम्झँदासम्म कुनै हालतमा घटना न्यूनीकरण हुन नसक्ने उहाँको भनाइ छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ