2026-09-19 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा सीमाक्षेत्र विकास कार्यक्रम

चैत २३, नेपालगन्ज । भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा सरकारले २०७२/०७३ देखि सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ । 

यस जिल्लाको १२ ग्रामीण र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडासँग सीमा जोडिएका क्षेत्रमा सो कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आव २०७३/२०७४ का लागि जिल्ला समन्वय समितिलाई रु तीन करोड २९ लाख बजेट विनियोजन गरेको छ । 

भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको विकासको अवस्था दयनीय हुने गरेको तर सँगै सीमापारी भारतीयको अवस्था त्योभन्दा राम्रो देखिएको कुरालाई दृष्टिगत गरी सरकारले यो कार्यक्रम सञ्चालन गरेको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताउनुभयो । 

कार्यक्रमअन्तर्गत विद्युतीकरण, कालोपत्रे सडक र इँटा बिछ्याइएको सडक, ढल निकास, कलभर्ट निर्माण, शौचालय निर्माण, आयस्तर वृद्धिलगायतको गतिविधि सञ्चालन हुने जनाइएको छ । 

“सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिले प्रष्ट देखिने काम गर्नुपर्ने निर्देशन गरेकाले हामीले सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ”– स्थानीय विकास अधिकारी प्याकुरेल भन्नुहुन्छ । 

सरकारले बाँके जिल्लासहित मुलुकका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ जसअन्तर्गत साविक २१२ गाविस र २६ नगरपालिकाको ११२ वडालाई कार्यक्रममा समेटिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई