ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुला"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा साङ्गितिक महोत्सव आजबाट शुरु

२३ चैत्र २०७३, बुधबार १२:४१

ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुलाई  सहयोग गर्ने उद्धेश्यले महोत्सव संचालन गरिएको महोत्सव संयोजक हिमाल केसीले जानकारी दिनुभयो । संयोजक केसीको अध्यक्षतामा आज चरिकोटको टुँडिखेलमा भएको उद्घाटन समारोहमा बरिष्ठ लोक गायक कुमार बस्नेत, रेशम थापा, पप गायक डिजराज पौडेल, गायिका जुना प्रसाँई लगायतले प्रस्तुति दिनुभएको थियो । त्यसैगरी एउटा मात्र खुट्टा भएकी नृत्याङ्गना रोमा न्यौपानेको नृत्य हजारौँ दर्शकले उत्सुकताका साथ अवलोकन गरेका थिए ।

भोलिबाट शुरु हुने लोक दोहोरी प्रतियोगिताका लागि झण्डै दुई दर्जन समुह दर्ता भईसकेको संयोजक केसीको भनाई छ । उहाँका अनुसार महोत्सवको दोश्रो दिन भोलि लोक दोहोरी गायिकाहरु टिका पुन, ज्योति मगर र हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ लगायतको प्रस्तुति हुनेछ ।  

भुकम्पबाट अंगभंग भएका व्यक्तिहरुका लागि सहयोगार्थ नेपाल अपाङ्ग महासंघ विकास केन्द्रले पहिलो पटक दोलखामा महोत्सव आयोजना गरेको हो । सहयोगार्थ महोत्सव भुकम्प प्रभावित १४ वटै जिल्लामा संचालन गरिने आयोजकको भनाई छ ।

उद्घाटनको दिन आज दर्शकहरुलाई  निःशुल्क प्रवेश दिईएको थियो भने भोलिबाट रु २५ को टिकट काटेर मात्र महोत्सवस्थलमा प्रवेश गर्न पाईने आयोजकले जनाएको छ । महोत्सवको  दोलखाली कलाकार समाज र हिम शिखर समाज, नेपालले सहआयोजना गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ