२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लाका ग्रामिण स्वास्थ्य चौकीमा औषधीको अभाव

१२ माघ २०७२, मंगलवार १६:०९

माघ १२, डडेल्धुरा । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको चरम लापरवार्हीका कारण डडेल्धुरा जिल्लाको स्वास्थ्य चौकि हरुमा औषधीको चरम अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले औषधी खरीद प्रक्रियामा गरेको ढिलाईका कारण जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुमा अत्यावस्यकीय औषधीको चराम अभाव भएको छ । स्वास्थ्य चौकीमा नेपाल सरकारवाट निशुल्क रुपमा दिईने अधिकांस औषधीको अभाव भएको स्वास्थ्य चौकीले वताएको भएपनि जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले भने औषधीको अभाव नभएको दावि गरेको छ । समैजी स्वास्थ्य चौकीमा वालवालिका लाई आवश्यक पर्ने जिङ्क चक्की देखी एलर्जी र सिटामोल समेत नभएको वताएको छ ।

समैजी स्वास्थ्य चौकीमा यति मात्रै नभई नेपाल सरकाले दिने गरेको निशुल्क औषधी मध्ये ५० प्रतिशत औषधी समेत नरहेको स्वास्थ्य चौकी स्रोतले वताएको छ । विरामी आउछन् तर औषधी छैन ,जस्का कारण विरामीलाई रित्तैहात फिर्ता गर्नु पर्ने वाध्यता रहेको स्वास्थ्य चौकीका एक जना कर्मचारीले वताए । समैजी स्वास्थ्य चौकी मात्रै नभई अजयमेरु गाविसमा रहेको स्वास्थ्य चौकी देखेी अशिग्राम गाविसमा रहेको स्वास्थ्य चौकीमा समेत औषधीैको अभाव सृजना भएको छ । अशिग्राम स्वास्थ्य चौकी स्रोतका अनुसार माँग गरे अनुसारको औषधी जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले नदिने गरेको वताएको छ ।समैजी स्वास्थ्य चौकीका अनमी कलावती जोशीका अनुसार वच्चाका लागि आवश्यक पर्ने सिटामोल, एमोक्सीलिन, क्लोफण्टामाईन नभएको झण्डै एक महिना भन्दा वढी समय भएको वताउनु भएको छ । यसैगरी अशिग्राम स्वास्थ्य चौकीमा समेत एमोक्सीलिन , जिङ्क चक्की र क्लोरोफेण्टामाईन लगाएका आवश्यक औषधी सकिएको महीनौ दिन पहिले सकिएको वताएको छ ।

तर यता जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख संग सम्पर्क हुन सकेन । स्वास्थ्य कार्यालयका अनुसार भने औषधी खरीद प्रक्रिया केही ढिलो भएकाले औषधीको अभाव भएपनि बच्चाका लागि आवश्यक पर्ने झोल सिटामोलका सट्टा बयस्क मानिसले खाने सिटामोल चक्की दिने सरकारी प्रावधान रहेको वताउनु भएको छ । केही औषधी सकिएको हुन सक्ने भएपनि धेरै जसो औषधी भने स्वास्थ्य चौकीमा भण्डारण रहेको समेत जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । थप नयाँ औषधी खरीद प्रक्रियाको अन्तिम चरणमा पुगेकाले अव केही दिन भित्रैऔषधी उपलव्ध हुने समेत जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ