२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका निजी स्वास्थ्य संस्था कानुनी दायरामा

२०७३, २४ चैत्र बिहीबार १०:०९

चैत २४, नवलपरासी । नवलपरासीमा अबैधरुपमा सञ्चालन हुँदै आएका निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन लागिएको छ । 

नवलपरासीमा मापदण्डविपरित सञ्चालित त्यस्ता निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन लागिपरेको हो । यसअन्तर्गत मापदण्डविपरित सञ्चालन हुँदै आएका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरी नौवटा निजी संस्थालाई सीलबन्दीसमेत गरिसकिएको छ । 

गँैडाकोटको अन्नपूर्ण फार्मेसी, रञ्जिता मेडिकल हल, कावासोतीको सञ्जीवनी मेडिकल हल, मनकामना हेल्थ्य केयरलगायतका स्वास्थ्य संस्थामा सील गरिएको हो । 

यसैगरी, सीलबन्दी भएका अन्य स्वास्थ्य संस्थामा कुमारवर्ती औषधालय, जीवन मेडिकल हल, रितिशा हेल्थ क्लिनीकल, मुकुन्दसेन डेन्टल केयर प्रालि र सप्तगण्डकी मेडिकल हल रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको संयुक्त टोलीले ती संस्थाहरुमा अनुगमन गर्दा मापदण्डबिपरित सेवा प्रदान गर्दै आएको पाइएकाले सीलबन्दी गरिएको जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताउनुभयो । 

साठी प्रतिशतभन्दा बढि स्वास्थ्य संस्थाहरुले फार्मेसीको आडमा कार्यालयको अनुमतिविना विभिन्न सेवा प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयको अनुमान छ । जिल्ला स्वास्थ्य कार्यालयको क्षेत्राधिकार भित्र २५ शैयाका स्वास्थ्य संस्थाहरु पर्दछन् जुन अहिले जिल्लामा ३९ वटा निजी स्वास्थ्य संस्था अनुमति प्राप्त भई नियमित रुपमा सञ्चालित छन् । 

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार छवटा पुराना र यही फागुन मसान्तसम्ममा २७ वटा नयाँ स्वास्थ्य संस्थाले अनुमति प्राप्त गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा