२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

असी प्रतिशतले हात्तीपाइलेको औषधि खाए

२५ चैत्र २०७३, शुक्रबार ०३:१८

चैत २५, बनियानी (झापा) | झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

गत वर्ष अभियानका क्रममा ७३ प्रतिशत मानिसले औषधि सेवन गरेकामा यस वर्ष सात प्रतिशत वृद्धि भएको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिनुभयो । “तुलनात्मकरुपमा भन्ने हो भने यस वर्ष अभियान सफल भएको मान्नुपर्छ”, उहाँले भन्नुभयो । 

झापामा गत चैत १७, १८ र १९ गते सञ्चालन भएको अभियानमा चारहजार बुथबाट हात्तीपाइलेविरुद्ध औषधि वितरण गरिएको थियो जसका लागि तीनहजार सातसय ८६ जना स्वयम्सेवक र चारसय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा