२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुखुराको मासु अभाव

१४ माघ २०७२, बिहीबार ०२:३४

chicken-meat-nepalललित बोहरा । माघ १४, डडेल्धुरा । डडेल्धुरामा कुखुराको मासु अभाव भएको छ । चिसोमा कुखुराहरु मर्ने डरले कसैले पनि नपालेपछि डेढ हप्ता देखी जिल्लामा मासुको अभाव भएको हो ।

जिल्ला सदरमुकामा दुई दर्जनजति पोल्टिफार्महरु भएपनि अत्याधिक चिसोले चल्ला मर्ने डरले फार्ममा कसैले पनि कुखुरा नपाल्दा ब्रोईलर कुखुराको मासुको अभाव शिर्जना भएको मासु पसलेहरुले बताएका छन् । कुखुराको मासु लिन आउनेहरु रित्तै फर्किने गरेका उनीहरुले बताएका छन् । अहिले सदरमुकामका दर्जनौँ कुखुरा मासु पसलहरु बन्द जस्तै भएका छन् ।

आफ्नो एउटा मासु पसलबाट मात्रै दैनिक १४ देखी २२ केजी सम्म मासु बिक्रि हुने गरेकोमा अहिले पूर्ण रुपमा नै मासु बिक्रि बन्द भईसकेको मासु पसले गणेश धामीले बताउनु भयो । उहाँको आफ्नै पोल्टि फार्म भएपनि कुखुरा भने छैनन् । भर्खरै मात्र राखेकाले चल्लाहरु सानै रहेको उहाँले बताउनु भयो । अझैँ चिसो नहटिसकेकाले धेरैले पोल्टिफार्ममा कुखुरा नपालेको उहाँले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट आयात नगरे समस्या लम्बिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने