2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुखुराको मासु अभाव

chicken-meat-nepalललित बोहरा । माघ १४, डडेल्धुरा । डडेल्धुरामा कुखुराको मासु अभाव भएको छ । चिसोमा कुखुराहरु मर्ने डरले कसैले पनि नपालेपछि डेढ हप्ता देखी जिल्लामा मासुको अभाव भएको हो ।

जिल्ला सदरमुकामा दुई दर्जनजति पोल्टिफार्महरु भएपनि अत्याधिक चिसोले चल्ला मर्ने डरले फार्ममा कसैले पनि कुखुरा नपाल्दा ब्रोईलर कुखुराको मासुको अभाव शिर्जना भएको मासु पसलेहरुले बताएका छन् । कुखुराको मासु लिन आउनेहरु रित्तै फर्किने गरेका उनीहरुले बताएका छन् । अहिले सदरमुकामका दर्जनौँ कुखुरा मासु पसलहरु बन्द जस्तै भएका छन् ।

आफ्नो एउटा मासु पसलबाट मात्रै दैनिक १४ देखी २२ केजी सम्म मासु बिक्रि हुने गरेकोमा अहिले पूर्ण रुपमा नै मासु बिक्रि बन्द भईसकेको मासु पसले गणेश धामीले बताउनु भयो । उहाँको आफ्नै पोल्टि फार्म भएपनि कुखुरा भने छैनन् । भर्खरै मात्र राखेकाले चल्लाहरु सानै रहेको उहाँले बताउनु भयो । अझैँ चिसो नहटिसकेकाले धेरैले पोल्टिफार्ममा कुखुरा नपालेको उहाँले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट आयात नगरे समस्या लम्बिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई