2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कसैले पनि बुझाएनन् हतियार

चैत २५, नवलपरासी । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन् । 

स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैको सूचना जारी गरेको थियो । 

यद्यपि सूचना जारी भई म्याद सकिएपनि कसैले पनि प्रहरीमा हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । 

नवलपरासीमा विभिन्न किसिमका तीनसय ३५ थान बन्दुकलाई निजी प्रयोजनका लागि आफनो सुरक्षार्थ लाइसन्स दिइएको प्रशासन कार्यालयको तथ्याङ्क छ जसमध्ये सबैभन्दा बढी १२ बोरका दुई सय ४२ बन्दुकको लाइसेन्स दिएको जिल्ला प्रशासनले जनाएको छ । 

यसैगरी भरुवा तीन, कटुई १३ र २२ बोरको राइफल पाँचच थान, १२ र २३ बोरको तीन, पेस्तोल एक, बृजलोड आठ, मेनीचर दुई थानलगायत विभिन्न देशमा निर्मित विभिन्न प्रकारका बन्दुकलाई इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पहिलो चरणमा सूचना जारी भई म्याद सकिए पनि हालसम्म कसैले पनि हातहतियार कार्यालयमा नबुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ अनुसार विभिन्न व्यक्तिसँग रहेका हातहतियार प्रहरीमा बुुझाउन स्थानीय प्रशासनले सूचित गरिएको थियो । 

लामो समसम्म पनि एउटा पनि हातहतियार प्रहरी कार्यालयमा इजाजतपत्र लिएका व्यक्तिले नबुझाएपछि पुन स्थानीय प्रशासन कार्यालयले पुनः सूचना जारी गरी आगामी वैशाख १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैका लागि स्थानीय प्रशासनले सूचना जारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो