२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विद्यालय छाडेका बालबालिकालाई फर्काउन नयाँ अभियान

२५ चैत्र २०७३, शुक्रबार ०६:४८

चैत २५, चितवन । जिल्ला शिक्षा कार्यालय, चितवनले बीचैमा कक्षा छाड्ने बालबालिकालाई खोजेर स्कुलमा फर्काउने नयाँ अभियान सुरु गर्ने भएको छ । 

कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत यसरी स्कुल छाडेका विद्यार्थीलाई खोजेर स्कुलमा ल्याउने कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । उक्त अभियानका लागि प्रक्रिया भने सुरु भइसकेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा रहेका ३३ सामुदायिक सिकाइ केन्द्रमार्फत उनीहरुलाई स्कुलमा ल्याइनेछ । सिकाइ केन्द्रमा प्रस्ताव आह्वानसमेत गरिसकेको र केही सिकाइ केन्द्रबाट कार्यक्रम सञ्चालनको प्रस्तावसमेत आइसकेकाले शैक्षिकसत्र सुरु भएपछि यो अभियान सञ्चालन गर्ने अर्यालको भनाइ छ । 

वैशाखदेखि असारसम्मै यो कार्यक्रम चलाइने र अभिभावकलाई समेत राखेर चेतना दिने कार्यालयको भनाइ छ । 

सिकाइ केन्द्रले गाउँगाउँमा यस्ता बालबालिका खोजेर ल्याउने गरी प्रस्ताव आह्वान गरिएको हो एक विद्यार्थीलाई स्कुलमा फर्काएबापत केन्द्रले रु छ हजार पाउने छ । एउटा केन्द्रले यसरी २५ जनासम्म बालबालिकालाई फर्काउने प्रावधान रहेको कार्यालयले जनाएको छ । 

जिल्लामा भर्नादर करिब करिब शतप्रतिशत नै भए पनि बीचैमा स्कुल छाड्ने दर भने धेरै छ । अझै चितवनको पहाडी गाउँमा चेपाङ बालबालिका बीचैमा स्कुल छाड्ने गरेको स्थानीय दलबहादुर चेपाङ बताउनुहुन्छ । 

“स्कुलमा भर्नाभन्दा पनि नियमितता नहुनु चुनौती देखियो, जिशिअ अर्यालले भन्नुभयो – यो चुनौतीको सामान गर्न यसरी नयाँ अभियान थाल्दै छौँ ।” 

जिल्लामा वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान छ । तर पनि यसवर्ष वैशाख ६ गतेदेखि नै स्कुल सञ्चालन गर्ने निर्देशन दिएको र त्यसका लागि नियमित अनुगमन गर्ने संयन्त्रसमेत बनाइसकेको जिशिअ अर्याल बताउनुहुन्छ । 

चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य