2026-09-08 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

विश्व स्वास्थ्य दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

चैत २५, बेँसीसहर । विश्व स्वास्थ्य दिवसको अवसरमा बेँसीसहरको बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा बेँसीसहरस्थित आदर्श बालगृहमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । 

बन्दकोठामा भाषण गर्नुभन्दा सेवा गरेर नै दिवस मनाउनु उपयुक्त ठानी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागार्इंले बताउनुभयो । 

जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तीर्थ थापाले बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण कार्य प्रसंशीय रहेको बताउनुभयो । 

कार्यक्रममा लमजुङ सामुदायिक अस्पतालका चिकित्सकहरुले बालबालिकाको स्वास्थ्य परीक्षण तथा भूपू सैनिक डेन्टलहोमले पनि बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल