Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मजदुरका परिवारलाई सघाउन कोष स्थापना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, दमक । नेपाल यातायात मजदुर सङ्घ दमकले सङ्घमा आबद्ध एक मजदुरको छोरीको अध्ययनमा सघाउ पु¥याउन कोष स्थापना गरेको छ ।

सङ्घले दिवङ्गत आफ्ना कर्मचारी कृष्ण कुमालकी छोरी रोनिका कुमालको नाममा रु एक लाख राशिको कोष स्थापना गरेका हुन् ।

सङ्घले आज आफ्नो अधिवेशनको उद्घाटन कार्यक्रममा आफ्ना सहकर्मी कुमालको छोरीको अध्ययनमा सहयोग गर्न त्यस कोष स्थापना गरिएको सङ्घका अध्यक्ष विश्वास कास्यपले जानकारी दिनुभयो । उहाँले त्यस कोषबाट प्राप्त हुने ब्याजले रोनिकाको अध्ययनमा खर्च गरिने बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कुमालको गत कात्तिक २ गते भलापाको केर्खा भन्ने ठाउँमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका थिए । रासस