ललित बोहरा/ माघ १५, डडेल्धुरा (सास) । जिल्ला बाल कल्याण समिति डडेल्धुराले शुक्रबार ३ जना टुहुरा बालबालिकाहरुलाई पालनपोषण तथा उच्च शिक्षा सम्म अध्ययनका लागि एसोएस बालग्राम कैलाली पठाएको छ । डडेल्धुराको बगरकोट गाबिस वडा नं ५ सिराड कडनोलाका आमा बुवा गुमाई सकेका ३ जना बालबालिकाहरुलाई पठाएको हो ।
जसमा ९ बर्षिय दिपेन्द्र जैसी, ११ बर्षिय रेवती जैसि र ६ बर्षिय निराजन जैसी रहेका छन । एसोएस बालग्रामले उच्च शिक्षा र पालन–पोषणकोे जिम्मेबारी लिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समीतिका अध्यक्ष प्रेम प्रसाद लूईटेलले बताउनु भएको छ । यिनी बालबालिकाहरुले मृगौलाको रोगका कारण बाबु जय राज जैसी र मुटु रोगका कारण आमा द्रोपती जैसीलाई २०७० सालमा गुमाएका थिए ।
१० जना छोरा छोरीलाई जन्मदिई आमाबुवाको मुत्यू भएपछि गरीब परिवारका छोरा छोरीहरु बिद्यालय शिक्षाबाट बञ्चित हुन परेको थियो । भने घरमा दैनीक छाकटार्न समेत समस्या रहेको संरक्षणमा रहेकी १७ बालबालीकाका दिदि भागरति जैसीले दुखेसो पोखेका छन् । गरीब परिवारका बालबालीकहरु गाउँमा मागी र दिदिहरुको घरबाट खाद्यानका समाग्री लिएर खाने गरेका थिए । १० छोरा छोरी मध्ये २ छोरीको बिहे भईसकेको छ ।