हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक "/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आधुनिक पुस्तकालय निर्माण गर्न युएईबाट ४३ हजार सहयोग

२६ चैत्र २०७३, शनिबार ०३:०६

हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ । 

सामाजिक संजालबाट थालिएको " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं " भन्ने नाराको साथ अभियान गत २६ डिसेम्बर २०१६ मा " साझा समाज लेखानी " ( shared society lekhani ) गठन भएको थियो । 

१९ सदस्यीय समिति गठन गरेर थालिएको उक्त अभियान सामाजिक संजाल फेस बुक मार्फत आर्थिक सङ्कलन गरिएको हो । आधुनिक पुस्तकालय निर्माण अभियानमा हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा  मलेसिया , कतार , बहराइन, साउदी अरेबिया, कुवेत, नेपाल, युएई लगाएतका मुलुकमा रहेका लेखानीवाशीको साथै  मनकारी सामाजिक भावनाले ओतप्रोत व्यक्तिहरुले सहयोग सङकलन गरेका छन ।

युएईबाट ओखलढुंगा निवासी बाला राई ३ हजार , मोरङका रेनुका राना मगर ३ हजार, सिन्धुपाल्चोक निवासी सरिता बस्नेत ३ हजार, गुल्मीका सुनिता भण्डारी ३ हजार ,सितल राई २,८०० रुपैया , ताप्लेजुङका गौरव लिम्बु पन्दाक ५,८००, मकवानपुरका कृष्ण प्रसाद कर्पौला ५,८०० सिन्धुली दुधौलीका गुणराज फुयाल १,४५०, उदयपुर लेखानीका हेम चन्द्र राई १६,९५० रुपैयाँ गरि ४३ हजार ८ सय रुपैयाँ श्री चन्द्रा वति उच्च माद्यामिक बिधालयको आधुनिक पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका हुन  ।

 हालसम्म ४ लाख ३० हजार भन्दा धेरै प्रतिबद्धता रकम जाहेर भएकोमा हालसम्म २ लाख ९० हजार भन्दा धेरै सहयोग रकम जम्मा भएको साझा समाज लेखानीको कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेलले जानकारी गराएका छन । उदयपुर जिल्लाको विकट गाउँ राजनीति तथा सामाजिक आर्थिक हिसाबले पछि परेको यश क्षेत्रमा आम वैदेशिक रोजगारमा रहेको तथा मनकारी दाताहरुबाट पैसा सङ्कल गरेर आधुनिक पुस्तकालय निर्माणका लागि य अभियान चालिएको मलेशिया रहेका समाजको सचीव  शम्भु कुमार राईले जानकारी गराएका छन ।

आउदो नयाँ वर्षमा श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने गरि अभियान चालिएको साझा समाजको अध्यक्ष पेशल खप्तरी मगरको योजना रहेको छ । उक्त बिधालयमा कक्षा १ देखि १२ कक्षासम्म अध्यन भएको र हाल ५ सय भन्दा धेरै मगर, राई, न्यवार, आदिवासी जनजाति, दलित, ब्राह्मण समुदायको छोराछोरीले अध्यन गर्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य