२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा मानसिक रोगी बढ्दै

२६ चैत्र २०७३, शनिबार ०७:१८

चैत २६ डडेल्धुरा । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरा र सिएमसि नेपालले जिल्लाको जोगबुढा, आलिताल, नवदुर्गा, अजयमेरु, देवलदिब्यपुर र बगरकोटमा गरेको अध्ययन एवम् उपचारमा उक्त सङ्ख्यामा मानसिक रोगी फेला परेको हो । 

तथ्याङ्कअनुसार डडेल्धुरामा सबैभन्दा बढी मानसिक रोगी (डिप्रेसन) को समस्या भएका नागरिक जोगबुढामा दुई सय ५३, अजयमेरुमा ७१, बगरकोटमा ६२, नवदुर्गामा ५९, देवलदिब्यपुरमा २६ र आलितालमा १६ जना छन् । 

स्वस्थ्य नागरिकमा आइपर्ने चिन्ता नैरश्यता लगातार दुई हप्तासम्म रहिरहनुलाई डिप्रेसन मान्न सकिने चिकित्सकहरुको बताउँछन् । 

डिप्रेसनका कारण विश्वमा आत्महत्याका घटनामा पनि वृद्धि भएको पाइन्छ । आत्महत्याका घटना पछिल्लो समय डडेल्धुरामा पनि बढ्दै गएका छन् । चालु वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आत्महत्याका मुद्दा सबै भन्दा बढी छन् । 

डिप्रेसनले नागरिकको आत्मविश्वासमा कमी ल्याई निराशजनक जीवन व्यतित गर्नमा सहयोग पु¥याउँछ । जस कारण मानिसमा धेरै चिन्ता भई आफू केही गर्न नसक्ने ठानी आत्महत्याको मानसिकता पलाउने गर्छ । 

यो रोगको सबैभन्दा उपयुक्त र प्रभावकारी उपचार भनेको नै मनोपरामर्श हो, उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल अधिकृत डा विप्लव घिमिरेले बताउनुभयो । 

विश्व स्वस्थ्य दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरामा शुक्रबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा डा घिमिरेले पछिल्लो समयमा संसारभरीकै नागरिकमा यो समस्या देखिने गरेको बताउँदै यसबाट मुक्ति पाउनका लागि मनोवैज्ञानिकको सल्लाहअनुसार औषधि सेवन गर्नु उपयुक्त हुन्छ भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो