माघ १९, डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाबिसमा रहेको नवदुर्गा स्वास्थ्य चौकीले सुत्केरी प्रोत्साहन भत्ता नदिएको खुलासा भएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई घर फर्कदा १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने सरकारको प्रावधान भएपनि १ महिना बित्दा समेत आफुले नपाएको स्थानिय सुत्केरी महिलाहरुले गुनासो गरेका छन । तर स्वास्थ्य चौकीका इन्चार्ज हेल्थअसिस्टेन्ट गोबिन्द राज जोशीले जिल्ला बाट नै त्यो रकम नपठाएकाले उपलब्ध गराउन नसकिएको मष्टामाण्डौ बाट सहकर्मी केशवराज भट्टले खबर पठाएका छन ।
-धुर्ब बिष्ट