पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा विभिन्न रोगका विरामी सहभागी भएको दिपेन पुनले जानकारी दिए । उनले सो कार्यक्रममा पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र कास्कीका गरी झण्डै ६ हजार पाँच सय विरामीहरु सहभागी भएको र ६० जनाको रोग निको भएको दाबी गरे । उनले बोल्न नसक्नेहरु बोल्ने भएको, सुन्न नसक्नेहरु सुन्न, हिड्न नसक्नेहरु हिडेको साथै आँखा नदेख्नेहरु देख्ने भएको दाबी गरेका छन् ।

कार्यक्रममा रेभ चेतबहादुर खरेलले आत्माविश्वास र ज्ञानबाट उनीहरुको उपचार गरेको आयोजकले जनाएको छ । पर्वतमा १६ ख्रीष्टियन मण्डली रहेको पुनले बताए । पर्वतको कुश्मा, शालिजा, बाँसखर्च, लेस्पार, बाजुङ, पर्नुगाउँ, फर्से, झिल्लीबराङ, पाङराङ, लगायतका ठाउँहरुमा मण्डली रहेको जनाएको छ । जिल्लामा २ हजारभन्दा बढी ख्रीष्टियन समुदायहरु रहेका छन् । सो कार्यक्रममा ६ लाख भन्दा बढी खर्च भएको आयोजकले जनाएको छ ।