चैत २७, खोटाङ | खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । 

समाजले दुई वर्षसम्म अभियान सञ्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २७, खोटाङ | खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । 

समाजले दुई वर्षसम्म अभियान सञ्चा"/>

2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ जिल्लालाई सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन प्रदान

चैत २७, खोटाङ | खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । 

समाजले दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको रकमले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन शनिबार दिक्तेलमा एक कार्यक्रम गरी उपलब्ध गराएको हो । 

जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाख ३१ हजारको एम्बुलेन्स प्रदान गरेको एम्बुलेन्स परियोजनाका सचिव टङ्क थापाले जानकारी दिनुभयो । 

समाजले जन्तेढुङ्गा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो । 

अस्पताल नै नपुगी जिल्लावासीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि प्रतिगोटा रु ३२ लाख मूल्य पर्ने एम्बुलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष अशोककुमार राईले बताउनुभयो । “रोजगारीको सिलसिलामा अहिले युकेमा बसे पनि हामी खोटाङ्गे हौँ ।” उहाँले भन्नुभयो, “खोटाङ्गेको समस्यालाई समाधान गर्न हाम्रो पनि उत्तिकै गहन जिम्मेवारी हुने भएकाले सहयोग गरेका हौँ ।” 

समाजले एम्बुलेन्ससँगै जिल्ला अस्पताल दिक्तेललाई रु १४ लाख बराबरको एक थान अल्ट्रासाउन्ड इसिजी मेसिनलगायतका उपकरण प्रदान गरेको छ । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाललगायतका ठाउँमा बसोबास गर्ने चारसय ४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ । 

एम्बुलेन्सको प्रतिवटा मूल्य रु ३२ लाख पर्ने भए पनि सरकारबाट प्राप्त भन्सार छुटका कारण प्रतिवटा रु १२ लाखमै भित्र्याइएको जनाइएको छ । समाजको सहयोगले खोटाङवासीले अब सुविधा सम्पन्न एम्बुलेन्स तथा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमै अल्ट्रासाउन्ड सेवा पाउने भएका छन् । 

विकट पहाडी भूगोल रहेको जिल्लामा राम्रो स्वास्थ्य सुविधा नहुँदा सामान्य रोगका लागि पनि राजधानीलगायत अन्य स्थानमा पुर्याउनुपर्ने बाध्यता छ । यसअघि जिल्लामा एम्बुलेन्स नहुँदा अधिकांश बिरामीलाई रु डेढ लाखसम्म खर्चेर हेलिकप्टरमार्फत राजधानी काठमाडौँलगायतका सहर पुर्याउनुपर्ने बाध्यता थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई