चैत २७, खोटाङ | खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । 

समाजले दुई वर्षसम्म अभियान सञ्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २७, खोटाङ | खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । 

समाजले दुई वर्षसम्म अभियान सञ्चा"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ जिल्लालाई सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन प्रदान

२७ चैत्र २०७३, आईतवार ०६:२३

चैत २७, खोटाङ | खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । 

समाजले दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको रकमले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन शनिबार दिक्तेलमा एक कार्यक्रम गरी उपलब्ध गराएको हो । 

जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाख ३१ हजारको एम्बुलेन्स प्रदान गरेको एम्बुलेन्स परियोजनाका सचिव टङ्क थापाले जानकारी दिनुभयो । 

समाजले जन्तेढुङ्गा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो । 

अस्पताल नै नपुगी जिल्लावासीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि प्रतिगोटा रु ३२ लाख मूल्य पर्ने एम्बुलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष अशोककुमार राईले बताउनुभयो । “रोजगारीको सिलसिलामा अहिले युकेमा बसे पनि हामी खोटाङ्गे हौँ ।” उहाँले भन्नुभयो, “खोटाङ्गेको समस्यालाई समाधान गर्न हाम्रो पनि उत्तिकै गहन जिम्मेवारी हुने भएकाले सहयोग गरेका हौँ ।” 

समाजले एम्बुलेन्ससँगै जिल्ला अस्पताल दिक्तेललाई रु १४ लाख बराबरको एक थान अल्ट्रासाउन्ड इसिजी मेसिनलगायतका उपकरण प्रदान गरेको छ । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाललगायतका ठाउँमा बसोबास गर्ने चारसय ४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ । 

एम्बुलेन्सको प्रतिवटा मूल्य रु ३२ लाख पर्ने भए पनि सरकारबाट प्राप्त भन्सार छुटका कारण प्रतिवटा रु १२ लाखमै भित्र्याइएको जनाइएको छ । समाजको सहयोगले खोटाङवासीले अब सुविधा सम्पन्न एम्बुलेन्स तथा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमै अल्ट्रासाउन्ड सेवा पाउने भएका छन् । 

विकट पहाडी भूगोल रहेको जिल्लामा राम्रो स्वास्थ्य सुविधा नहुँदा सामान्य रोगका लागि पनि राजधानीलगायत अन्य स्थानमा पुर्याउनुपर्ने बाध्यता छ । यसअघि जिल्लामा एम्बुलेन्स नहुँदा अधिकांश बिरामीलाई रु डेढ लाखसम्म खर्चेर हेलिकप्टरमार्फत राजधानी काठमाडौँलगायतका सहर पुर्याउनुपर्ने बाध्यता थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता