Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बोइलर कुखुरासहित छ युवा पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २७, गुलरिया (बर्दिया) । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली अवैधरुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ बस्ने १७ वर्षीय टेकराज पोखरेल, १८ वर्षीय कृष्ण बुढाक्षेत्री, २४ वर्षीय सुरेश सिंह, १४ वर्षीय विवन थापामगर, २१ वर्षीय जयसिङ ठकुरी र १६ वर्षीय मनिस पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोइलर कुखुरा र तीनवटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रासस