२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकीकृत घुम्ती शिविर सम्पन्न

२७ चैत्र २०७३, आईतवार १३:३५

कृष्ण कँडेल | चैत २७,  बागलुङ | जिल्ला प्रसाशन कार्यालय बागलुङ तथा जिल्लाका बिषयगत कार्यालयको आयोजनमा एकीकृत घुम्ती शिविर ढोरपाटन नगरपालिकाको बोबाङमा आज भएको छ ।

शिविरमा जिल्ला प्रशासन कार्यालयाट नागरिकता प्रदान, महिला तथा बालकालिका कार्यालयबाट ज्यष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र प्रदान, स्वास्थ्य कार्यालयबाट निशुल्क स्वास्थ्य शिविर सहित कृषिकार्यालय तथा पशुसेवा कार्यालयसँग सम्बन्धित सेवा दिर्ईको थियो । 

विशरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दुर्गम गाउँका नागरिकलाई गाउँकै पायक पर्ने स्थानबाट सेवा दिने उदेश्यले सिविर आयोजना गरिएको बताउनुभयो । उहँले स्थानिय तहको व्यवहारिक कार्यान्वयनसँगै गाउँटोल नजिकैको कार्यालयबाट धेरै सेवा प्राप्त गर्नसकिने उल्लेख गर्नुभयो । 

शिविरबाट ७१ जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्ला पशुसेवा कार्यालय मार्फत १ सय ९२ कृषकका ३ हजार ३ सय ५५ पशुको उपचार तथा औषधि प्रदान गरिएको छ । शिविरबाट ज्यष्ठ नागरिक तथा अपाङ्ता परिचय पत्र, निशुल्क स्वास्थ्य जाँच र उपचार तथा कृषि कार्यालय तर्फको सेवा पनि प्रवाह गरिएको थियो । 

संयुक्त टोलीमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, स्थानिय विकास अधिकारी रामप्रसाद अचार्य, जिल्ला प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख डाक्टर गोपाल गिरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख सिता अधिकारी, राष्ट्रिय अनुसन्धान बिभागका डिएसपि सुसिल महत, एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा लगायतका अधिकारी सहभागी थिए । 

प्रमुख जिल्ला अधिकारी सहितको टोली तिब्बती सरणार्थीको परिचयपत्र नविकरणका लागि आज ढोरपाटन प्रश्तान गरेको छ । भोली ढोरपाटनमा बसोबास गर्दै आएका सरणार्थीको परिचयपत्र नविकरण गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य