२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा प्रहरीद्धारा एकै दिनमा ११ जना बन मुद्धाका फरार अभियूक्तहरु पक्राउ

२०७२, २२ माघ शुक्रबार १५:११

ललित बोहरा/ माघ २२, डडेल्धुरा ।  डडेल्धुरा प्रहरीले एकैदिनमा ११ जना बन मुद्धाका फरार अभियूक्तहरु पक्राउ गरेको छ । डडेल्धुराको आलितल गाबिस , शिर्ष गाबीस र परशुराम नगरपालीका बिभिन्न स्थानबाट २ बर्ष पहिलेबाट बनमुद्धा लागि फारार रहेकाहरुलाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्ने मध्ये परशुराम नगरपालीका वडा नं ९ बस्ने ५७ बर्षीय काशी बोहरालाई जिल्ला अदालत डडेल्धुरा १ महिना १२ दिनको लागी र अन्य परशुराम नगरपालीका बडा नं १२ का ५८ बर्षीय धर्मान्द भटट् , आलिताल गाबिस वडा नं ४ बस्ने ५१ बर्षीय भवानी दत्त भटट् , ४६ बर्षीय करन सिह मडै ,६० बर्षीय खडक साउद ,६२ टिका सिह साउद ,६६ बर्षीय चन्द्र बहादुर साउद ,७४ बर्षीय देब बहादुर महरा ,४३ बार्षीय मनि राज भट्ट र ४३ बर्षीय प्रकाश साउद सबैलाई शुक्रबार जिल्ला अदालत डडेल्धुराले ७ दिनको कदै सजायको लागी कारागार चलान गरेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । यस्तै शिर्ष गाबिस वडा नं ८ बस्ने ५२ बर्षीय जानकी देबी अबस्थीलाई भने ८४हजार १ सय २२ रुपीँया नगद जरिवाना तिराई छोडीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बिपीन कमार्चायले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता