2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नौ महि पछि परेको पानिले स्थानिय किसानहरु हर्षित

धुर्ब बिष्ट । माघ २६, डडेल्धुरा । लामो समय देखि पानि नपर्दा निराशा छाएको सुदूरपश्चिमबासिका मुहारहरुमा यो साताको बर्षाले गर्दा हर्ष छाएको छ । महिनौँ देखिको खडेरीले यस क्षेत्रका खेतहरुमा लगाएको अन्नबाली र हिँउदे तरकारी अस्तव्यस्त थियो ।

कतिपय ठाँउहरुमा गहुँ नउम्रिएको अबस्था थियो भने कतिपय ठाँउहरुमा गहँबाली पहेलिएको समस्या थियो त कुनै ठाँउमा सुक्दै गएको गहुँबाली गाई भैसीँलाई घाँसको रुपमा खुवाउनुपर्ने अबस्था आएको थियो । तर यो साताको सुरुवातीमै भएको बर्षाले सुदूरपश्चिमका चिन्तित किसानहरुमा खुसी ल्याएको छ । पानी परेपछि किसानहरु हिँउदे बाली गहुँ, जौ, मसुरो, तरकारी खेती सप्रिनेमा खुसी छन ।

स्याउला सोत्तर र घाँस नपलाउँदा घरपालुवा जनावरलाई पाल्न समेत समस्या भएको बेलामा पानिले गर्दा घाँसपात समेत पलाउनेमा विश्वस्त छन । लामो समयदेखि खडेरी परेको सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुका खेतबारीमा यसै साताको शुरुमा परेको पानिले धेर–थोर मात्रामा भएपनि राहत मिलेको छ । लामो समय देखि पानी नपरेकाले कृषीबाली सुक्न लागेका बेला पानी परेपछि अन्नबाली र तरकारी बालिका लागि राम्रो भएको भन्नुहुन्छ बिगतका बर्षहरुमा मंसिर, पुस महिनामै पानि पर्ने भएपनि यो बर्ष महिनौँ ढिला पानि परेको स्थानियहरुको भनाई छ ।

डडेल्धुराको भात्काँडा क्षेत्रमा माघको अन्तिम र फागुन महिनाको सुरुवातीमा लगाइने आलु खेतिमा समेत यो बर्षाले सहज पु¥याउने बताउन ुहुन्छ । सुदूरपश्चिमका अधिकांश ठाँउहरुमा लगाइने गहुँ, तोरी लगायतका अन्नवालीका साथै आलु, काउली, बन्दा, मुला लगायतका तरकारीमा पनि यसपालि खासै राम्रो उत्पादन हुन सकेको थिएन ।

विगतका वर्षहरुमा आलु, खुर्सानी, काउली जस्ता हिउँदे खेतिबाट राम्रो आम्दानी गर्ने किसानहरु यसपटक मारमा परेका हुन । कतिपय ठाँउहरुमा त पानिका मुहानहरु समेत सुक्न लागेका थिए । तर यो साताको पानिले सबैलाई हर्षित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई