मोहम्मद ईजहार शेष/चैत्र २८, परासी । बाल समुह जिल्ला समन्वय समिति नवलपरासीको अधिवेशन अगामि बैशाख ४ र ५ गते हुने भएको छ । 

जिल्ला बाल कल्याण सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत्र २८, परासी । बाल समुह जिल्ला समन्वय समिति नवलपरासीको अधिवेशन अगामि बैशाख ४ र ५ गते हुने भएको छ । 

जिल्ला बाल कल्याण सम"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बाल अधिवेशन बैशाख ४ र ५ मा हुने

२८ चैत्र २०७३, सोमबार ०९:४४


मोहम्मद ईजहार शेष/चैत्र २८, परासी । बाल समुह जिल्ला समन्वय समिति नवलपरासीको अधिवेशन अगामि बैशाख ४ र ५ गते हुने भएको छ । 

जिल्ला बाल कल्याण समिति नवलपरासीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको अध्यक्षतामा सोमवार भएको बैठकले जिल्ला बाल भेला गरी बाल अधिवेषन गर्ने निर्णय गरीएको हो । 

जिल्ला समन्वय समिति नवलपरासीको योजना तर्जुमा प्रक्रियामा उल्लेख भए अनुसार जिल्ला बाल कल्याण समन्वय समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा बिजय बिकास श्रोत केन्द्र गैडाकोटमा गर्ने निर्णय भएको बाल कल्याण समितिकी सदस्य सचिव उर्वरा लुईटेलले जानकारी दिनुभयो । 

बाल भेलामा साविकका सम्पुर्ण गाविस र नगरपालिकावाट नगर वा गाविस बाल सञ्जालका अध्यक्ष वा सञ्जालको समितिवाट १ जना बालिका र  सम्बन्धित सरोकारवालाहरुको सहभागिता हुने बताईएको छ ।

 बैठकवाट आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनितिक दलहरुलाई अनुरोध समेत गरीएको बाल कल्याण समन्वय समितिका सदस्य एंव नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिक्षानेले बताउनु भयो । यस्तै निर्वाचनमा बालबालिकाको प्रयोग भएनभएको अनुगमन गर्न नागरीक समाज नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायको संयोकजत्वमा अनुुगमन समिति गठन भएको छ । 

जस्को सदस्यमा बाल समुह जिल्ला समन्वय समितिका संयोजक र  सह सविच देविशा लामिक्षाने सदस्य रह्ने अनुगमन समिति गठन भएको छ । बैठकमा जिल्ला बाल कल्याण समन्वय समितिका सदस्य स्थानीय बिकास अधिकारी युवराज कट्टेल, सदस्य जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरे, सदस्य शिवशंकर प्रसाद राय, बालमैत्री फोकल पर्सन पुष्कर काफ्ले लगायतको उपस्थित रहेको थियो । 

बिसं २०७१ साल फाल्गुन ८ र ९ गते हिकोडेफ कावासोतीमा सम्पन्न भएको सातौं जिल्ला अधिवेषनवाट बिपना शर्माको अध्यक्षतामा १३ सदस्सीय बाल समुह जिल्ला समन्वय समिति गठन गरीएको थियो । 

२ वर्ष भित्रै जिल्ला अधिवेषन गर्नुपर्ने प्रावधान रहेपनि १ महिना ढिला गरी आठौं बाल अधिवेषन हुन लागेको हो । हालको बालको बाल समुह समन्वय समितिले विभिन्न सरोकारवालाहरुकै बेवास्ताका कारण बर्तमान कार्यकालमा समितिको बैठक र खासै उल्लेखनीय कार्यहरु भने गर्न नपाएको समितिका पदाधिकारीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने