Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीको बाल अधिवेशन बैशाख ४ र ५ मा हुने

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/चैत्र २८, परासी । बाल समुह जिल्ला समन्वय समिति नवलपरासीको अधिवेशन अगामि बैशाख ४ र ५ गते हुने भएको छ ।

जिल्ला बाल कल्याण समिति नवलपरासीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको अध्यक्षतामा सोमवार भएको बैठकले जिल्ला बाल भेला गरी बाल अधिवेषन गर्ने निर्णय गरीएको हो ।

जिल्ला समन्वय समिति नवलपरासीको योजना तर्जुमा प्रक्रियामा उल्लेख भए अनुसार जिल्ला बाल कल्याण समन्वय समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा बिजय बिकास श्रोत केन्द्र गैडाकोटमा गर्ने निर्णय भएको बाल कल्याण समितिकी सदस्य सचिव उर्वरा लुईटेलले जानकारी दिनुभयो ।

बाल भेलामा साविकका सम्पुर्ण गाविस र नगरपालिकावाट नगर वा गाविस बाल सञ्जालका अध्यक्ष वा सञ्जालको समितिवाट १ जना बालिका र  सम्बन्धित सरोकारवालाहरुको सहभागिता हुने बताईएको छ ।

बैठकवाट आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनितिक दलहरुलाई अनुरोध समेत गरीएको बाल कल्याण समन्वय समितिका सदस्य एंव नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिक्षानेले बताउनु भयो । यस्तै निर्वाचनमा बालबालिकाको प्रयोग भएनभएको अनुगमन गर्न नागरीक समाज नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायको संयोकजत्वमा अनुुगमन समिति गठन भएको छ ।

जस्को सदस्यमा बाल समुह जिल्ला समन्वय समितिका संयोजक र  सह सविच देविशा लामिक्षाने सदस्य रह्ने अनुगमन समिति गठन भएको छ । बैठकमा जिल्ला बाल कल्याण समन्वय समितिका सदस्य स्थानीय बिकास अधिकारी युवराज कट्टेल, सदस्य जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरे, सदस्य शिवशंकर प्रसाद राय, बालमैत्री फोकल पर्सन पुष्कर काफ्ले लगायतको उपस्थित रहेको थियो ।

बिसं २०७१ साल फाल्गुन ८ र ९ गते हिकोडेफ कावासोतीमा सम्पन्न भएको सातौं जिल्ला अधिवेषनवाट बिपना शर्माको अध्यक्षतामा १३ सदस्सीय बाल समुह जिल्ला समन्वय समिति गठन गरीएको थियो ।

२ वर्ष भित्रै जिल्ला अधिवेषन गर्नुपर्ने प्रावधान रहेपनि १ महिना ढिला गरी आठौं बाल अधिवेषन हुन लागेको हो । हालको बालको बाल समुह समन्वय समितिले विभिन्न सरोकारवालाहरुकै बेवास्ताका कारण बर्तमान कार्यकालमा समितिको बैठक र खासै उल्लेखनीय कार्यहरु भने गर्न नपाएको समितिका पदाधिकारीहरुको गुनासो छ ।