2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जलवायु परिवर्तनको असर न्युनीकरण शिक्षाको प्रचारप्रसारमा डडेल्धुराका युवाहरु सक्रिय

ललित बोहरा/फागुन २, डडेल्धुरा । जलवायु परिवर्तनमा असर न्युनीकरण गर्न वातावरण संरक्षण र जलवायू परिवर्तन शिक्षाको प्रचार–प्रसारमा डडेल्धुराका युवाहरु सक्रिय भएका छन ।

जलवायू परिवर्तन असर र न्युनीकरणका प्रयास गर्ने उद्धेश्यले डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउमा रहेका वालहरुमा जनचेतनात्मक कुराहरु लेख्दै जनचेतना दिइरहेको ग्रिन अर्थ सोसाइटी नेपाल संस्थाका अध्यक्ष तीर्थराज पनेरुले जानकारी दिनु भएको छ ।

आफुहरुले खाने खाजाबाट जोगाएर जनचेतनात्मक कार्यक्रमहरुको थालनि गरिरहेको समेत अध्यक्ष पनेरुले बताउनु भएको छ । न्युनिकरण र अनुकुलन बारे जानकारी गराउन आगामी दिनहरुमा बृक्षारोपण कार्यक्रम, प्रर्यटकिय क्षेत्रमा पम्पलेट पोष्टर लगाइनुका साथै बिद्यालय र क्याम्पसमा समेत सचेतना कार्यक्रम चलाइने बताइएको छ ।

यस्ता उपायहरु नअपनाएसम्म यसबाट हुने जोखिम वर्षेनी बढ्दै जाने समेत जानकारी गराइएको छ । वायूमण्डलमा वृद्धि भैरहेको हरितगृह ग्यास उत्सर्जन स्रोतमा कमी ल्याउने र बोटबिरुवाको संख्यामा वृद्धि गर्ने हो भने वातावरण संरक्षणमा सहयोग पुग्ने जनचेतनात्मक कार्यक्रममा संलग्न युवाहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई