Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुदूरपश्चिमका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९, बैतडी | सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका कामा थालिएको छ ।

कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताउनुभयो ।

प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सीमार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताउनुभयो । “दुई वर्षभित्र सुदूरपश्चिमका पहाडी जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने उद्देश्यले काम भइरहेको छ ।”

अत्तरियादेखि डडेल्धुरासम्म नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमार्फत ओपिजिडब्लु अप्टिकल फाइबर पु¥याइनेछ । अप्टिकल फाइबर बिछ्याएपछि दु्रत गतिको इन्टरनेट सेवा र ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने र सेवामा समेत गुणस्तरीयता बढ्ने भट्टले बताउनुभयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसम्म माइक्रोवेभ प्रणालीमार्फत टेलिकमले आफ्नो सेवा दिइरहेको छ तर त्यसमा ब्यान्डविथ सीमित हुुने भएकाले समस्या आउने गरेको छ । अप्टिकल फाइबर बिछ्याएपछि ब्यान्डविथ असीमित हुने र सेवा प्रभावकारी हुने भट्टको भनाइ छ । रासस