२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा डिजेलेको कालोवजारी

२०७२, ९ फाल्गुन आईतवार ०३:०५

ललित बोहरा, फागनु ९, डडेल्धुरा / भारतवाट डिजेलको सहज आपुर्ती भएपनि डडेल्धुरा जिल्लामा भने डिजेलेको कालोवजारी रोकिएको छैन । डडेल्धुरा जिल्लाको भारत संग सिमाना संग जोडिएको रुपाल गाविसमा डिजेलको खुलेयाम रुपमा कालोवजारी भईरहेको छ ।

जिल्लाको रुपाल गाविसमा अवैध रुपमा भारतवाट ल्याइएको डिजेल प्रति लिटेर १ सय ६० रुपैंयाँमा विक्रि भईरहेको छ । जिल्ला सदरमुकाम क्षेत्रमा सहज रुपमा डिजेलको आपुर्ती हुन नसक्दा भारतवाट तस्करी गरी ल्याइएको डिजेल रुपाल गाविसको वयलपाटा वजारका केही पशलेहरुले प्रति लिटर १ सय ६० रुपैंयाँमा विक्रि गरीरहेका छन् ।

जिल्ला सदरमुकामका ईन्धन विक्रेताहरुले कालोवजारी गरीरहेका समयमा ईन्धनको आवश्यकता पुर्ती गर्नका लागि यातायात व्यवसायीहरले रुपाल गाविसमा अवैध रुपमा विक्रि भईरहेको डिजेल किन्न वाध्य भएका छन् । नाकावन्दी सहज भई सक्दा सम्म पनि रुपाल गाविसमा भईरहकेो ईनधनको तस्कर िलाई नियन्त्रण गर्न नसक्दा रुपाल गाविसको वयलपाटा वजारमा डिजेलको खुलेयाम रुपमा कालोवजारी भईरहकेो छ ।

जिल्ला सदरमुकाम क्षेत्रमा सहज रुपमा डिजेल नपाउँदा वढी मुल्य तिरेर भए पनि रुपाल गाविसको वयलपाटा वजारमा रहेका केही व्यापारीहरुवाट डिजेल किनेर यातायात संचालन गर्नु परेको नाम नवताउने सर्तमा एक जना जिप व्यवसायीले वताए । जिप व्यवसायी मात्रै नभई निर्माण व्यवसायीहरुले समेत वढी मुल्य तिरेर डिजेल किन्न वाध्य भएका छन् ।वढी मुल्यमा किनेको डिजेल वाट यातायातका सवारी साधन संचालन गर्दा यात्रुहरुवाट वढी भाडा लिनु परेको समेत जिप व्यवसायीले वताएका छन् ।

डिजेलको सहज आपुर्ती भएपछि आफुहरुले यातायातको भाडा पनि घटाउने समेत यातायात व्यवसायीको भनाई रहेको छ । भारतको उत्तराखण्डका विभिन्न सहरवाट तस्करी गरी ल्याइएको डिजेल अवैध रुपमा महाकाली नदी पार गरी खच्चर वाट रुपाल गाविसको वयलपाटा वजार सम्म ल्याएर विक्रि गर्ने गरीन्छ ।

वयलपाटा वजार नजिकै प्रहरी चौकी भएपनि प्रहरी मुख दर्शक वनेको स्थानिय वासीन्दाको भनाई रहेको छ । अवैध रुपमा भित्रिने डिजेलका कारण एकातर्फ नेपाल सरकारलाई राजस्वमा घाटा भईरहेको छ भने अर्को तर्फ वढी मुल्यमा किनेको डिजेल वाट यातायातका सवारी सधन संचालन गर्दा यात्रुहरुले वढी भाडा तिरेर यात्रा गर्न वाध्य भएका छन् ।
जिल्ला सदरमुकाम क्षेत्रमा ईन्धनको आयात वढेको भएपनि अवैध रुपामा विक्रि हुने गरेका कारण हप्तौ दिन सम्म पालो कुरेर ईन्धन किन्न वाध्य भएका छन् ।

यता जिल्ला प्रशासन भने मौन वनेको छ । देशभर ईनधनको सहज आपुर्ती भएका समयमा डडेल्धुरामा भने ईनधनमा कालोवजारी वढ्दै गईरहेको छ । जिल्लामा भईरहेको ईनधनको कालेो वजारीमा जिल्ला प्रशासन देखी प्रहरीको समेत मिलेमतो रुहेको स्थानियले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता