2026-09-12 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अज्ञात व्यक्तिद्वारा श्रीमानसँगै सुतेकि महिलालाई गोली हानियो

चैत २९, पर्सा । वीरगन्जमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागी एक महिला गम्भीर घाइते भएकी छिन् । 

वीरगन्ज उपमहानगरपालिका– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलु पटेल अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकी हुन् । कोठामा श्रीमान्सँगै सुतिरहेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागी निलु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

बिहान १ बजेदेखि २ बजेकोबीचमा गोली लागी घाइते भएकी निलुको पहिले वीरगन्जकै गण्डकस्थित वीरगन्ज हेल्थकेया हस्पिटलमा उपचारका लागि भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि वीरगञ्जकै नेशनल मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

देब्रे कन्चटमा गोली लागेकी निलुको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरी उपचार भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । 

उक्त घटनाबारे निलुको श्रीमान् तथा ससुराली पक्षसँग सोधपुछ भइरहको प्रहरीले जनाएको छ । श्रीमान्लाई हाल प्रहरी निगरानीमा राखी आवश्यक अनुसन्धानलाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो । 

घाइते निलुको १८ महिनाको एक छोरा रहेको प्रहरीले जनाएको छ । निलु र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको र बेलाबेला झै–झगडा हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस