2026-09-16 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उचित मूल्य नपाएपछि अदुवा किसान मारमा

चैत ३०, इटहरी । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । 

गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु १० देखि रु २० मा बिक्री भइरहेको छ । कृषि उपज केन्द्र धरान–१३ अमरहाटबाट गत वर्ष १० हजार मेट्रिक टन अदुवा बिक्री भएको थियो । 

एक हजार मेट्रिक टन स्थानीय बजारमा खपत भएको र बाँकी भारत निकासी भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । कृषि उपज बजारस्थलमा बिक्रीका लागि ल्याएको अदुवा भारत निकासी हुन सकेको छैन । 

“किसानले उत्पादन गरेको अदुवा कृषि उपज बजारस्थलमै थन्किएको छ,” भट्टराईले भन्नुभयो । प्रशोधन केन्द्र स्थापना गर्न सके अदुवा नष्ट हुनबाट जोगाउन सकिने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग