चैत ३१, काठमाडौ | सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३१, काठमाडौ | सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूल"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाको हावा २४ घन्टै सास फेर्न अयोग्य

२०७३, ३१ चैत्र बिहीबार ०१:४७

चैत ३१, काठमाडौ | सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन्।

सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा २४ घन्टै सास फेर्न अयोग्य रहेको पाइएको हो। यो खबर आजको अन्नपूर्णमा छेटु शेर्पाले लेखेका छन्।

दृष्टि काठमाडौंले दुई महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको छ। चैत ३० गते बुधबार मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म प्रदूषणको अवस्था खतराजनक देखिएको छ। यो समयमा सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २.५ का धुलोको कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको थियो। १० बजेदेखि १२ बजेसम्म त्यस्ता पर्टिकुलेट म्याटरको मात्रा अतिप्रदूषित मानिने ९६ देखि १२० मिटरक्यू पुगेको थियो।

स्वास्थ्यका दृष्टिले यो अवस्था अति नै खतराजनक भएको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डाक्टर करवीरनाथ योगी बताउनुहुन्छ। काठमाडौंको धुलोमा सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उहाँको भनाइ छ।

पर्टिकुलेट म्याटर २.५ का धुलोका कण स्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ। यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ। यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन्। आँखाले देख्न नसकिने यस्ता धुलोका कण शरीरका बाहिरी अंग आँखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उल्लेख गरेको छ।

डब्लुएचओको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ। नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ। तर, २४ घन्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २.५ को मात्रा योभन्दा धेरै बढी हुन्छ।

‘हामी बस्ने ठाउँ प्रदूषित हुँदा जीवन व्यतित गर्न समस्या भएकाले प्रदूषणको अवस्थालाई सार्वजनिक गरी सबैलाई सूचना दिन यो अभियान सुरु गरिएको हो', दृष्टि काठमाडौंका सदस्य अजय श्रेष्ठले भने।प्रदूषणको अवस्था नियन्त्रणबाहिर पुगे पनि समाधानको उपाय खोज्न टेवा पुगोस् भनेर रिपोर्ट सार्वजनिक गर्न थालिएको श्रेष्ठले बताए।

वातावरण विभागले एसियाली विकास बैंक र इसिमोडको सहयोगमा उपत्यकाको रत्नपार्क, पुल्चोक, धुलिखेलमा प्रदूषण मापकयन्त्र राखेर प्रदूषण मापन गर्दै आएको छ। दृष्टि काठमाडौंले बल्खु, बौद्ध, बूढानीलकण्ठ, एकान्तकुना, गल्कोपाखा, हात्तीसार, कलंकी, कालिमाटी, कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडक, सानेपा, सातदोबाटो र थापाथलीमा प्रदूषण मापन गर्दै आएको छ।

विभागले रत्नपार्कमा राखेको प्यारोमिटरले पिएम २.५ को मात्रा एक सय ९२ माइक्रोग्राम घनमिटरसम्म नापेको छ। डब्लुएचओले सामान्यतः पिएम २.५ का धुलो १० माइक्रोग्राम घनमिटरसम्म हुनु स्वास्थ्यका लागि योग्य मानेको छ। ११ देखि २५ सम्म उसले दैनिक मापदण्डभित्र राखेको छ। डब्लुएचओले २६ देखि ४० हल्का, ४१ देखि ७५ सम्म प्रदूषित, ७६ देखि १५० अतिप्रदूषित र त्यसभन्दा माथि खतराजनक भनेको छ। बिहान, दिउँसो, साँझ र रातिको पिएम २.५ को तथ्यांकअनुसार उपत्यकाको हावा २४ सै घन्टा सास फेर्न अयोग्य देखिएको हो।

पानी परेपछि प्रदूषण केही कम हुने र समयअनुसार फेरबदल भइरहने रिपोर्टले देखाएको छ। स्वास्थ्यकर्मीले प्रदूषण र यसको संक्रमणबाट बच्न मास्क, चस्मा र छाला ढाक्ने कपडा अनिवार्य लगाउन सुझाव दिएका छन्। धुलो र धुवाँले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला डब्लुएचओको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भाइरोमेन्ट' विभागका संयोजक डाक्टर कार्लोस डोराले काठमाडौं उपत्यकामा चुरोट सेवनले वार्षिक १६ हजारको मृत्यु हुने गरेको तथा प्रदूषित हावाका कारण ३० हजारको ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन्।

सवारीसाधनको बढ्दो चाप, मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन खनिएका सडक तथा सडक विस्तार र मर्मतका लागि भत्काइँदा काठमाडौं धुलो र धुवाँमय बनेको हो। वातावरणविद् भूषण तुलाधर प्रदूषण नियन्त्रणका लागि बनाइएका कार्ययोजना सम्बन्धित निकायमा पेस भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँछन्। उनका अनुसार निर्माण र मर्मत गर्ने निकायबीच समन्वय नहुँदा उपत्यकाको प्रदूषण नियन्त्रणबाहिर आएको हो।

स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकाको प्रदूषण नियन्त्रणबाहिर पुगेको सार्वजनिक भएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकमा इन्धनबाट चल्ने सवारीसाधनलाई साप्ताहिक रूपमा हरेक शुक्रबार रोक लगाउन प्रस्ताव राखेका छन्। मन्त्री थापाले उपत्यकाको प्रदूषण भयावह भएको भन्दै शुक्रबार ‘फ्री भेइकल डे' बनाउनुपर्ने प्रस्ताव राखेका हुन्।

मंगलबार नै व्यवस्थापिका–संसद्को सुशासन समितिले उपत्यकाको सडक र वायु प्रदूषणको अवस्था नाजुक भएको भन्दै यसमा गम्भीर हुन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको थियो। समितिको ध्यानाकर्षणलगत्तै प्रधानमन्त्री दाहालले थानकोटसम्म सडकको धुलो निरीक्षण गर्नुभएको थियो। उपत्यकाका सडकमा धुवाँ–धुलोको अवस्था निरीक्षणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालले धुलो नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ