२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

नियमित विद्यालय जाने विद्यार्थीलाई मासिक दुईसय

३१ चैत्र २०७३, बिहीबार ०५:५९

चैत ३१, बेनी (म्याग्दी) | म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थी सङ्ख्या बढेको छ । 

नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर गर्नेलगायतका शैक्षिक गतिविधिमा सक्रिय बनाउनप्रति विद्यार्थी मासिक दुई सय रुपैयाँसहित स्टेसनरी साम्रगीसमेत उपलब्ध गराउन थालिएपछि शैक्षिक गुणस्तर बढ्नुका साथै अभिभावकको सक्रियता समेत बढेको विद्यालयका शिक्षक लोकेन्द्रबहादुर खड्काले बताउनुभयो । 

बुधबार विद्यालयमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी गुणस्तरीय शिक्षाको वातावरण बनाउन सकिएमा विद्यार्थीको आर्कषण बढ्ने विचार व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बमबहादुर पुनले आर्थिकसहित शैक्षिक सहयोगले विद्यार्थीको सङ्ख्यासँगै गुणस्तरीय शिक्षामासमेत सहयोग पुगेको बताउनुभएको थियो । विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले विद्यार्थीको पठनसीपको विकाससहित सम्रग शैक्षिक गुणस्तरमा अभिभावको जिम्मेबारी प्रमुख हुने बताउनुभएको थियो । बेलायतको एक सामाजिक संस्थामा कार्यरत रघुगङ्गा गाउँपालिका अन्तर्गत झिँ का खिम शेरचनले सङ्कलन गरेको रु २० लाख विद्यालयको मुद्दतिमा राखेपछि विद्यार्थीलाई आर्कषण गर्न सजिलो भएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा