२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

२०७३, ३१ चैत्र बिहीबार ०७:२३

चैत ३१, सोलुखुम्बु । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थिया,े तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ । त्यहाँ पनि समस्या बढ्न थालेपछि सो मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीका अध्यक्ष आङ दोर्जी शेर्पाले बताउनुभयो । 

अध्यक्ष शेर्पाकाअनुसार समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय (अमेरिका) र काठमाडौँ विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजनाको नामबाट अनुसन्धान गरेको थियो । अध्ययनले सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्यासमा परिवर्तन गर्न सकिने देखाएको छ । त्यही परियोजनाको विस्तारित रुपमा बायोग्यास प्लान्ट बनाउन लागिएको अध्यक्ष शेर्पाले बताउनुभयो । 

सगरमाथा आधारशिविरबाट सङ्कलन गरिएको मानव मलमूत्रको नमुना १० महिनासम्म केयूको वातावारण विज्ञान प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो । 

सन् २०१६ मा सकिएको अध्ययनमा मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्यास उत्पादन गर्न सकिने निष्कर्ष निस्किएको हो । न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा एम मिलिलिटर मानव मलमूत्रबाट एक दिनमा १५ मिलिलिटर ग्यास निस्कने अध्ययनले देखाएको छ । जसमा मिथेनको मात्रा १० मिलिलिटर छ । 

केयूमा भएको अनुसन्धान सफल भएपछि गोरकशेप क्षेत्रमा बायोग्यास प्लान्ट बनाउन थालिएको छ । तीन हजार ७९० मिटर उचाईमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप नेपालले यसअघि नै बायोग्यास प्लान्ट बनाएको छ । तापक्रम शून्यभन्दा तल पुग्ने हिमाली क्षेत्रमा बायोग्यास प्लान्टको डाइजेष्टर तताउन ग्रीनहाउस पनि बनाउनुपर्छ । 

सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहोर फर्काउने गरेका छन् । आधारशिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । 

ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङ्गमार शेर्पा बताउनुहुन्छ । समस्या बन्दै गएको सगरमाथा आधारशिविरको मानव मलमूत्रबाट ग्यास निकाल्न थालिएपछि गोरपशेपका तथा लबुचे मलमूत्रको समस्यासँगै खाना पकाउने इन्धनको समस्या पनि हट्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी