पर्वत । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको चुनाव कुनै पनि हालतमा हुने भन्दै चुनाव हुनेमा आंशका नगर्न आग्रह गरेका छन् । उनले तोकिएकै मितिमा देशभरी एकै पटक चुनाव हुने बताए ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको चुनाव कुनै पनि हालतमा हुने भन्दै चुनाव हुनेमा आंशका नगर्न आग्रह गरेका छन् । उनले तोकिएकै मितिमा देशभरी एकै पटक चुनाव हुने बताए ।

2026-09-19 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनाव नभए देश अस्थीरतामा फस्छ –निर्वाचन आयुक्त पौडेल

महेन्द्र केसी /पर्वत । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको चुनाव कुनै पनि हालतमा हुने भन्दै चुनाव हुनेमा आंशका नगर्न आग्रह गरेका छन् । उनले तोकिएकै मितिमा देशभरी एकै पटक चुनाव हुने बताए ।

चुनाव सम्पन्न गराउनको लागि १२० दिन चाहिन्छ तर हामीले ८३ दिनमानै चुनाव सम्पन्न गराउनको लागि प्रयास गरेका छौ । चुनावको लागि आवश्यक पर्ने कामहरु भैराखेका छन्, चुनाव हुन्छ, हुन्छ , हुन्छ  यसमा कुनै शंका गर्नुपर्दैन उनले भने ।


देशभरी चुनावी माहोल बनिसकेको भन्दै पौडेलले बताए । उनले मतदाता नामवली बैशाख ३ भित्र प्रकाशन हुने भन्दै अब चुनावको लागि सवै जुट्न आग्रह गरे । तोकिएको मितिमा चुनाव सम्पन्न नभए देश गम्भीर समस्यामा पर्ने र प्राप्त भएको अधिकार र संविधानको समेत कुनै औचित्य नहुने भन्दै संविधान रक्षाका लागि पनि तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनुपर्नेमा जोड दिए ।


तोकिएको मितिमा चुनाव सम्पन्न भएन भने देश गम्भीर मोडमा फस्छ, प्राप्त भएका अधिका समाप्त हुन्छ । लोकतन्त्रको स्थायित्व कायम हुदैन त्यसैले कुनै पनि हालतमा चुनाव रोकिने पक्षमा छैन । हामी चुनाव गराउनको लागि तयारी गरिरहेका छौ । चुनाव सभ्य र भव्यरुपले सफल हुन्छ उनले भने । 


अझै पनि केहि राजनीतिक दलहरु चुनावी झण्डा प्राप्त नगरेको विषयलाई लिएर आन्दोलित भैराखेको अबस्था र मधेसी दलपनि आन्दोलनमा रहेको सन्दर्भमा उनले भने संविधानमा उल्लेख भए बोमोजिम हामीले काम गर्ने हो। केहि दलहरु आफ्नो चुनावी झण्डा प्राप्त नभएको बारेमा आन्दोलीत हुनुहुन्छ जून गलत हो । संविधानमा जनप्रतिनिधिले जे लेखे त्यसको पालना हामीले गर्नुपर्छ यसको बारेमा हामीसँग भन्दा पनि राजनीतिक दलहरुको सहमति आवश्यक छ । उहाँहरुले संविधान संशोधन मार्फत संविधानमा भएको कुरालाई संशोधन गर्नुहुन्छ भने हामीलाई चुनाव चिन्ह दिनको लागि कुनै आपत्ति छैन उनले भने ।

संशोधन नभए सम्म अन्य दललाई चुनाब चिन्ह दिन नसकिने स्पष्ट पारे । ‘निर्वाचन कानुन संशोधन नभए सम्म चुनाब चिन्ह दिन सक्ने अवस्था छैन’ उनले भने ‘संबिधान संशोधन गरेर फेरी चिन्ह दिन सकिन्छ’


चुनावलाई सफल बनाउनको लागि तीन वटै सुरक्षा निकाय परिचालन हुने उनले बताए । पौडेलले पहिलो सुरक्षा घेरमा प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने बताए । 

 निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउन तराईमा सेना तराईमा सेना पठाउन सकिने धारणा ब्यक्त गरेका छन ।

निर्वाचनको तयारी बारे बुझ्न पर्वतमा आएका आयुक्त पौडेलले सेनाले गस्ती गर्दा जनतामा सुरक्षाको अनुभूति हुने भएकाले सेना पठाउन सकिने बताएका हुन ।

‘निर्वाचनमा सेना परिचालन होइन, जनतालाई चुनाबीमा निधक्क भएर भाग लिन सजिलो होस भनेर सेना पठाउने हो’ उनले भने ‘मतदान स्थलमा सेना बस्दैन बाहिरी सुरक्षा हुन्छ’ तराईमा चुनाब बिथोल्न खोजेमा सेनालाई हवाई र स्थल गस्ती गराउन सकिने उनको धारणा थियो । ‘यसलाई सेना परिचालनको रुपमा बुझ्न हुँदैन’ उनले भने ‘तेस्रो पंक्तिमा सेना रहने कुरा नौलो हुँदै होइन’

उनले चुनाब दुई चरणमा हुने कुरा आयोगले कल्पना पनि नगरेको बताए । मुलुक निर्वाचनको महायज्ञमा होमिएका कारण बैषाख ३१ मानै हुने उनले दाबी गरे । चुनाब कुनै पनि हालतमा पनि रोकिदैन’ उनले भने । 


निर्वाचन आयोग कुनै पनि दललाई प्रतिबन्ध लगाएर चुनाबको परिकल्पना गर्न नसक्ने बताउँदै निर्वाचन सम्बन्धी कानुन 

आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले आयोगले आन्तरिक तयारी र बाह्य सहयोग लिने काम भैरहेको बताउँदै सबै तयारी गर्न आयोग सक्षम रहेको बताए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले निर्वाचनका लागि जिल्लाको सुरक्षा योजना र अन्य सबै काम भैरहेको जानकारी गराए । कार्यक्रमा राजनैतिक दलका प्रतिनिधी र सञ्चारकर्मीले जिज्ञासा राखेका थिए भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जिल्लामा भएका गतिबिधी बारे जानकारी गराएका थिए ।

पर्वतमा स्थानीय तहको चुनाव सम्पन्न गराउनको लागि ७४ वटा मतदानस्थल स्थापना गरिनेछ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा २२ हजार ६७० मतदाता रहेका छन् । जसमध्ये  ५२ हजार १६० महिला, ४७ हजार ५१० पुरुष, ८२७ रहेका छन् भने १ हजार ६०८ जना अयोग्य ठहर गिरएको छ ।  १६ वटा राजनीतिक दलहरु दर्ता भएको जिल्लामा १३५ वटा मतदान केन्द्र स्थापना हुनेछन् । 

मतदाता शिक्षाका लागि १३५ जना परिचालिका समेत खटाउने तयारी भएको जिल्ला निर्वाचन आयोग पर्वतले जनाएको छ । 

मतदाता शिक्षामा मतदान गर्दा कसरी गर्ने, स्थानीय तहमा उम्मेदवार कसरी छनोट गर्ने, हक र अधिकार केके समावेश भएका छन् लगायतका विषयमा जानकारी गराइनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो