२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

६ महिनादेखि अवरुद्ध सिचाई कुलो वाइसिलले सुचारु गर्यो

२०७३, ३१ चैत्र बिहीबार ११:३५

सम्राट सिंह/चैत ३१, बझाङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले बिगत ६ महिना अघिदेखि अबरुद्घ भएको सिचाइ कुलो सफा गरी सिचाइ कुलोमा पानी संञ्चालन गरेको छ । 

पानकोट देखि कैलाश सम्मको सडक निर्माण गर्दा केहि महिना अगाडि देखि अबरुद्घ भएको गोलाइ  सिचाइ कुलो वाइसिलले सुचारु गरेको हो । सडक निर्माण गर्दा सिचाई कुलो पुरै माटोले पुरिनुका साथै भत्केको हुदाँ नेकपा माओवादी केन्द्र पार्टीको वडा भेलामा गाँउलेहरुले सिचाईकुलो भत्केको तर बनाउन बजेट नभएको गुनासो राखेका  थिए ।  

गाँउलेहरुले सिचाई कुलो पुरिएर सिचाई गर्न समस्या भएको गुनासो राखेपछि पार्टीका नेताहरुले सिचाइ कुलो बनाई दिने प्रतिवद्धता गरेको हुदाँ माओवादी केन्द्रका जयपृथ्वी नगरपालीकाका नगर अध्यक्ष नरेन्द्र खडकाको को नेतृत्वमा वाइसिएल तथा स्थानियबासीको  जनसहभागीता जुटाएर नहर सफा गरेको किसान लाल बहादुर खातीले बताए  । 

गोलाई जिउलाको झण्डै २ सय ५० मिटर पुरिएको सिचाइ कुलो दैनिक ४०/५० जनाले काम गरेर पाँचौ दिन विहिवार काम सकेर ६ महिना देखी पुरिएको नहरमा एमाओवादी केन्द्रको अगुवाईमा पानी संचालन भएको युवा नेता नरेन्द्र खड्काले वताए  । उनले भने गाँउलेहरुले अन्य सवै पार्टीलाई पनि नहरको समया राखेको रहेछ तर उनिहरु वाट आश्वासन मात्र आएको काम नभएको हुदाँ हामीले योजना राख्नु भन्दा तत्काल सवै केटाहरु मिलेर कुलो सफा गरि पानी संचालन गरि दिएका छौ । 


सिचाईकुलो नभएर मंसीरमा गुहँखेती जेनतेन लगाएको रहेछ उनले भने सिचाई गर्न नपाएर गहुँखेती सुकेको थियो अव सिचाई हुने भएपछि किसानहरु खुशी भएका छन् । गाँउलेहरुको माग अनुसार नेताहरुले सिचाई कुलो बनाई दिएपछि गोलाईका गाँउलेहरुले सिचाइ कुलो संञ्चालन गर्न सहयोग गर्ने माओवादी युवाहरुलाई फुलमाला लगाई स्वागत गरेका थिए ।

कुलो धेरै विग्रेको रहेछ नहरमा काम गर्ने माओवादीका कार्यकर्ता कवि विष्टले भने नगद खर्च लगानि हुन्थ्यो भने ५ लाख भन्दा बढी लाग्थ्यो तर धेरै साथीहरुले मिलेर काम गर्दा छिटो भएको हो । 

नहरमा पुरिएको तिन चार फिट माटो सहित भत्केको ठाँउमा ढुड्गा माटोको वाल लगाई पानी संचालन गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला