२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

६ महिनादेखि अवरुद्ध सिचाई कुलो वाइसिलले सुचारु गर्यो

३१ चैत्र २०७३, बिहीबार ११:३५

सम्राट सिंह/चैत ३१, बझाङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले बिगत ६ महिना अघिदेखि अबरुद्घ भएको सिचाइ कुलो सफा गरी सिचाइ कुलोमा पानी संञ्चालन गरेको छ । 

पानकोट देखि कैलाश सम्मको सडक निर्माण गर्दा केहि महिना अगाडि देखि अबरुद्घ भएको गोलाइ  सिचाइ कुलो वाइसिलले सुचारु गरेको हो । सडक निर्माण गर्दा सिचाई कुलो पुरै माटोले पुरिनुका साथै भत्केको हुदाँ नेकपा माओवादी केन्द्र पार्टीको वडा भेलामा गाँउलेहरुले सिचाईकुलो भत्केको तर बनाउन बजेट नभएको गुनासो राखेका  थिए ।  

गाँउलेहरुले सिचाई कुलो पुरिएर सिचाई गर्न समस्या भएको गुनासो राखेपछि पार्टीका नेताहरुले सिचाइ कुलो बनाई दिने प्रतिवद्धता गरेको हुदाँ माओवादी केन्द्रका जयपृथ्वी नगरपालीकाका नगर अध्यक्ष नरेन्द्र खडकाको को नेतृत्वमा वाइसिएल तथा स्थानियबासीको  जनसहभागीता जुटाएर नहर सफा गरेको किसान लाल बहादुर खातीले बताए  । 

गोलाई जिउलाको झण्डै २ सय ५० मिटर पुरिएको सिचाइ कुलो दैनिक ४०/५० जनाले काम गरेर पाँचौ दिन विहिवार काम सकेर ६ महिना देखी पुरिएको नहरमा एमाओवादी केन्द्रको अगुवाईमा पानी संचालन भएको युवा नेता नरेन्द्र खड्काले वताए  । उनले भने गाँउलेहरुले अन्य सवै पार्टीलाई पनि नहरको समया राखेको रहेछ तर उनिहरु वाट आश्वासन मात्र आएको काम नभएको हुदाँ हामीले योजना राख्नु भन्दा तत्काल सवै केटाहरु मिलेर कुलो सफा गरि पानी संचालन गरि दिएका छौ । 


सिचाईकुलो नभएर मंसीरमा गुहँखेती जेनतेन लगाएको रहेछ उनले भने सिचाई गर्न नपाएर गहुँखेती सुकेको थियो अव सिचाई हुने भएपछि किसानहरु खुशी भएका छन् । गाँउलेहरुको माग अनुसार नेताहरुले सिचाई कुलो बनाई दिएपछि गोलाईका गाँउलेहरुले सिचाइ कुलो संञ्चालन गर्न सहयोग गर्ने माओवादी युवाहरुलाई फुलमाला लगाई स्वागत गरेका थिए ।

कुलो धेरै विग्रेको रहेछ नहरमा काम गर्ने माओवादीका कार्यकर्ता कवि विष्टले भने नगद खर्च लगानि हुन्थ्यो भने ५ लाख भन्दा बढी लाग्थ्यो तर धेरै साथीहरुले मिलेर काम गर्दा छिटो भएको हो । 

नहरमा पुरिएको तिन चार फिट माटो सहित भत्केको ठाँउमा ढुड्गा माटोको वाल लगाई पानी संचालन गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने