बैशाख १, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । 

ईस्लाम धर्मको संरक्षण र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । 

ईस्लाम धर्मको संरक्षण र"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ईस्लाम धर्मको संरक्षणमा मुस्लिम एकता जरुरी: ईस्लाम धर्मावलम्बी

१ बैशाख २०७४, शुक्रबार १४:४३


बैशाख १, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । 

ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धनमा मुस्लिम समुदायको एकता गर्ने उद्देश्यले आयोजित प्रवचन कार्यक्रम वक्ताहरुले ईस्लाम धर्मको संरक्षणमा मुस्लिमहरुको एकता आवश्यक रहेको बताए ।

सदरमुकाम परासी स्थित जामिया फैजाने अहलेबैत मदरसाले आयोजना गरेको फैजाने अहले बैत कान्फ्रेन्स (धार्मिक प्रवचन/जल्सा) मा वक्ताहरुले मुस्लिम समुदाय राज्यको पहुँचबाट पछडिदै गएको अवस्थामा राज्यले यस समुदायमा पनि आफनो विशेष ध्यान पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे । नेपालमा मुस्लिम समुदाय न्युन र पिछडिएको अवस्थामा छन्  जुन शिक्षा, जनचेतना र आर्थिक अभावको कारण पिछडिएका छन् । मुस्लिमहरुको शिक्षामा पहुँच र आर्थिक स्तर माथि उठाउन राज्यले विभिन्न प्रकारको जनचेतना मुलक र शिप मुलक कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको वक्ताहरुले किटान गरे ।  


नेपालमा उच्च उर्दु शिक्षाको कमी, उर्दु शिक्षकको दरबन्दी र सरकारद्धारा प्रदान गरिने विभिन्न सेवा सुविधाबाट मुस्लिम समुदाय बन्चित रहेको अवस्था छ । सरकारले सयस समुदायकोे आवश्यकता पहिचान गरि सहयोग गर्न वक्ताहरुले सरकारलाई आग्रह गरे ।  

जामिया फैजाने अहलेबैत मदरसाका प्रधानाध्यापक मौलाना सैयद गुलाम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा भारतको एलाहाबाद निवासी धर्मावलम्बी सैयद गुलाम गौस, कुशीनगरका सैयद एक्बाल अहमद, भैरहवाँ, रुपन्देही नेपालका मौलाना सिद्दिक अहमद, विहारको देवरिया निवासी सैयद हेदायतुल्लाह सम्सी, महराज गंजको निचलौल निवासी मौलाना खालिद रजा,  देवा शरिफका मौलाना ग्यासुद्दिन अलि, मौलाना, तसलिम रजा, मौलाना ताजुद्दिन अलि, मौलाना, उमर निजामी, मौलाना सैयद ईरफान अहमद, मौलाना, अमिरुल्लाह अंसारी, मौलाना, अलाउद्दिन अंसारी, स्थानिय समाजसेवी हाजी ईस्हाक मिँया, हाजी अलाउद्दिन अंसारी, युवा समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि लगायतले बोलेका थिए ।


कार्यक्रममा विगत दुई वर्षदेखि मुस्लिम समुदायको हकहितको क्षेत्रमा क्रियाशिल भई काम गर्दै आएको तन्जिमुल ओल्मा युनियन नवलपरासीका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल भारत गरि करिब हजारको संख्यामा श्रोताहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने