२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

इन्धन अभावका कारण बैतडीका विकास निर्माणका कार्यहरु ठप्प

२०७२, २१ फाल्गुन शुक्रबार १३:५४

फागुन २१, डडेल्धुरा । नेपाल सरकारले भारतद्धारा गरीएको अघोषित नाकाबन्दी हटाईएको घोषणा गरेतापनि बैतडीमा इन्धनको ठुलो अभाब देखिएको छ । बैतडीका विकास निर्माणका कार्य इन्धन अभावका कारण ठप्प भएका छन । देशकै सबैभन्दा ठूलो पञ्चेश्वर बहुउद्देशीय परियोजना जोड्ने पाटन पञ्चेश्वर सडक खण्ड इन्धन अभावका कारण प्रभाबित भएको डिभिजन सडक कार्यालय न.३ पाटनका इञ्जिनियर नितिन आचार्यले बताउनु भएको छ ।

त्यस्तै आफ्नो ब्यवसायमा ठूलो संकट परेको, इन्धन संकट एक महिना सम्म रही रह्यो भने तोकिएको समयमा काम पुरा गर्न नसकिने र निर्माण ब्यबसायीहरु धारासायी हुने एस.के. निर्माण सेवाका सञ्चालक मदन मोहन बिष्टले बताउनु भएको छ । बैतडी जिल्ला भरीमा एक मात्र पेट्रोल पम्प रहेकोले बैतडीमा ठूलो रुपमा इन्धन संकट परेको अर्का निर्माण ब्यबसायी कैलाश कन्सटक्सनका सञ्चालक दानसिंह रावलले बताउनु भएको छ ।

यस्तै बैतडीको कैलपाल गाबिस ८ र ९ गेरडा, डंसिलीमा बिधुतको पोल गाडेको ठाउँमा तारतान्ने ठेक्का भईसके पनि काम भने सुरु हुन सकेको छैन । बिद्युतको पोलगाडेको करिब ७ बर्ष भईसक्दा समेत अहिले सम्म बिधुत सुचारु हुन नसकेको हो । बिधुतका सामाग्री केही दिनमै बैतडी पुग्ने र चाडै काम सुरु गरिने नेपाल बिधुत प्राधिकारण बितरण केन्द्र बैतडीले जनाएको छ । बिधुत सुचारु नहुदाँ त्यस क्षेत्रका नागरीक आक्रोसित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ