स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । 

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनाव सुरक्षाको लागि मोटरसाइकल गस्ती

२ बैशाख २०७४, शनिबार ०६:१७

स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । 

चुनावलाई धाधलिरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि  तीन वटै प्रशासनिक निकाय परिचालन हुने भएका छन् । तर घेरामा क्रमश,        प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले शान्ति र सुरक्षाको लागि खटिने छन् । भने देशभर ७५ हजार म्यादी प्रहरी खटिने छन् जसले पहिलो घेरामा प्रहरीलाई सहयोग गर्नेछन् । चूनावलाई विथोल्न र समाजमा अशान्ति फैलाउनको लागि विभिन्न    राजनीतिक शक्ति तथा गिरोहहरु पनि सक्रिय भैराखेका छन् । 


आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा सुरक्षा रणनीति तयार पारेको     छ ।

चुनावलाई मध्येनगर गर्दै जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार पारेको र सोही अनुसार जनशक्ति परिचालन गरेको प्रहरी नायव उपरिक्षक शेखर खनाले जानकारी दिए । हामीले चुनावलाई लक्षित गरी तीन तहका सुरक्षा योजना तयार  पारेका छ । 


प्रिइलेक्सन अर्थात चुनाव हुनपूर्व प्रचारप्रसारका क्रममा हुने झडप,विभिन्न हातहतियारको ओसारपोसार नियन्त्रणको लागि साझा पोशाकमा प्रहरी परिचालन गरेका छौ, हाइवेमा सवारी चेकजाँचलाई शसक्त बनाएका छौं । साँझ ९ बजेपछि कुनै पनि होटल तथा रेष्टुरेन्टमा मदिरा सेवन तथा विक्रिवितरण गर्नको लागि रोक लगाएका छौं , उनले भने ।

  पैदल,साझा पोशाकमा निगरानी, रात्री गस्तीलाई चुस्त र थप प्रभावकारी बनाउँदै अगाडि बढेको र गाउँगाउँमा गाँजा तथा मदिरा रोकथामको लागि निगरानी बढाईको छ ।

त्यस्तै चुनावको क्रममा भयरहित बातबरणमा मतदातालाई मतदान गर्न पाउने अधिकारको सुनुश्चिता गर्नको लागि सरकारको निर्णय अुनसार तीन तहमा     प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने र कुनै पनि अबरोध तथा मतदान स्थल विथोल्न खोज्ने गतिविधिको हुन नदिनको लागि थप जनशक्तिको माग गरेको बताए ।  


खनालले चुनाव पछि हुने विजय जुलुससम्मको कार्यक्रमको लागि शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि एकिकृत सुरक्षा योजना तयार भैसकेको र सोही अनुसार काम हुने बताए ।

चुनाव विथोल्नको लागि हुनसक्ने गतिविधिलाई रोकथाम गर्नको लागि साझा पोशाकमा प्रहरी परिचालन भैराखेको उनले बताए । 

यता म्याग्दीमा पनि चुनावलाई लक्षित गरी विशेष     सुरक्षा योजना तयार गरिएको छ ।

राजनीतिक दल तथा जनता चुनावको लागि जुटेसँगै     सुरक्षालाई मध्यनजर गरी सात वटा मोटरसाइकलमा गस्ती सुरु गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिइन । 

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको मोटरसाइकलबाट सडक यातायात पुगेका ग्रामिण क्षेत्रहरुमा तत्काल पुग्न सहयोग पुग्ने उनलेब ताइन सुरक्षाका हिसावले संवेदनशिल क्षेत्रहरुमा मोटरसाइकलबाट गस्ती गरिने प्रनाउ खड्काले बताइन् । 


निर्वाचनका समयमा हुने अवान्छीत गतिविधिहरुलाई तत्काल नियन्त्रण गर्न सहयोग पुगोस भनेर यसपाली प्रधान कार्यालयले थप ४ वटा मोटरसाइकल उपलब्ध गराएको उनले बताइन् ।

निर्वाचनलाई सफल पार्नका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न कुनै कसर वाँकी नराखिएको प्रनाउ खड्को भनाइ थियो । मोटरसाइकलका साथै हाल उपलब्ध     प्रहरीको गाडीबाट पनि जिल्लाभर गस्ती सुरु गरिएको छ । 

अप्ठ्यारो भूगोलका    कारण उपलब्ध साधनले केही स्थानहरुमा पुग्न संभव नहुने भएकाले थप साधनको माग      गरिएको उनले बताइन् ।

साथै निर्वाचनका समय नेकपा (विप्लव) बाट हुन सक्ने निर्वाचन विरोधी क्रियाकलापका  वारेमा पनि प्रहरी सचेत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ