स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । 

2026-09-19 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनाव सुरक्षाको लागि मोटरसाइकल गस्ती

स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । 

चुनावलाई धाधलिरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि  तीन वटै प्रशासनिक निकाय परिचालन हुने भएका छन् । तर घेरामा क्रमश,        प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले शान्ति र सुरक्षाको लागि खटिने छन् । भने देशभर ७५ हजार म्यादी प्रहरी खटिने छन् जसले पहिलो घेरामा प्रहरीलाई सहयोग गर्नेछन् । चूनावलाई विथोल्न र समाजमा अशान्ति फैलाउनको लागि विभिन्न    राजनीतिक शक्ति तथा गिरोहहरु पनि सक्रिय भैराखेका छन् । 


आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा सुरक्षा रणनीति तयार पारेको     छ ।

चुनावलाई मध्येनगर गर्दै जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार पारेको र सोही अनुसार जनशक्ति परिचालन गरेको प्रहरी नायव उपरिक्षक शेखर खनाले जानकारी दिए । हामीले चुनावलाई लक्षित गरी तीन तहका सुरक्षा योजना तयार  पारेका छ । 


प्रिइलेक्सन अर्थात चुनाव हुनपूर्व प्रचारप्रसारका क्रममा हुने झडप,विभिन्न हातहतियारको ओसारपोसार नियन्त्रणको लागि साझा पोशाकमा प्रहरी परिचालन गरेका छौ, हाइवेमा सवारी चेकजाँचलाई शसक्त बनाएका छौं । साँझ ९ बजेपछि कुनै पनि होटल तथा रेष्टुरेन्टमा मदिरा सेवन तथा विक्रिवितरण गर्नको लागि रोक लगाएका छौं , उनले भने ।

  पैदल,साझा पोशाकमा निगरानी, रात्री गस्तीलाई चुस्त र थप प्रभावकारी बनाउँदै अगाडि बढेको र गाउँगाउँमा गाँजा तथा मदिरा रोकथामको लागि निगरानी बढाईको छ ।

त्यस्तै चुनावको क्रममा भयरहित बातबरणमा मतदातालाई मतदान गर्न पाउने अधिकारको सुनुश्चिता गर्नको लागि सरकारको निर्णय अुनसार तीन तहमा     प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने र कुनै पनि अबरोध तथा मतदान स्थल विथोल्न खोज्ने गतिविधिको हुन नदिनको लागि थप जनशक्तिको माग गरेको बताए ।  


खनालले चुनाव पछि हुने विजय जुलुससम्मको कार्यक्रमको लागि शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि एकिकृत सुरक्षा योजना तयार भैसकेको र सोही अनुसार काम हुने बताए ।

चुनाव विथोल्नको लागि हुनसक्ने गतिविधिलाई रोकथाम गर्नको लागि साझा पोशाकमा प्रहरी परिचालन भैराखेको उनले बताए । 

यता म्याग्दीमा पनि चुनावलाई लक्षित गरी विशेष     सुरक्षा योजना तयार गरिएको छ ।

राजनीतिक दल तथा जनता चुनावको लागि जुटेसँगै     सुरक्षालाई मध्यनजर गरी सात वटा मोटरसाइकलमा गस्ती सुरु गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिइन । 

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको मोटरसाइकलबाट सडक यातायात पुगेका ग्रामिण क्षेत्रहरुमा तत्काल पुग्न सहयोग पुग्ने उनलेब ताइन सुरक्षाका हिसावले संवेदनशिल क्षेत्रहरुमा मोटरसाइकलबाट गस्ती गरिने प्रनाउ खड्काले बताइन् । 


निर्वाचनका समयमा हुने अवान्छीत गतिविधिहरुलाई तत्काल नियन्त्रण गर्न सहयोग पुगोस भनेर यसपाली प्रधान कार्यालयले थप ४ वटा मोटरसाइकल उपलब्ध गराएको उनले बताइन् ।

निर्वाचनलाई सफल पार्नका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न कुनै कसर वाँकी नराखिएको प्रनाउ खड्को भनाइ थियो । मोटरसाइकलका साथै हाल उपलब्ध     प्रहरीको गाडीबाट पनि जिल्लाभर गस्ती सुरु गरिएको छ । 

अप्ठ्यारो भूगोलका    कारण उपलब्ध साधनले केही स्थानहरुमा पुग्न संभव नहुने भएकाले थप साधनको माग      गरिएको उनले बताइन् ।

साथै निर्वाचनका समय नेकपा (विप्लव) बाट हुन सक्ने निर्वाचन विरोधी क्रियाकलापका  वारेमा पनि प्रहरी सचेत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो